२०८३ बैशाख १९ गते , शनिबार

पक्राउ परेका दुर्गा प्रसाईको सुरक्षाका लागि आह्वान

पक्राउ परेको जानकारी नभएको नेपाल प्रहरीको भनाई

sajilo news
परिवेश मिडिया
२०८१ चैत्र २९ गते , शुक्रबार
पक्राउ परेका दुर्गा प्रसाईको सुरक्षाका लागि आह्वान

झापा राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समितिले संयोजक दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वान गरेको सो समितिका प्रवक्ता स्वागत नेपालले बिहीबार एक विज्ञप्ति जारी गर्दै संयोजक प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वान गरेका हुन्

विज्ञप्तिमा प्रवक्ता नेपालले भारतीय प्रहरीसमक्ष आफ्नो ज्यानको सुरक्षासहित प्रसाईंले नेपाल प्रवेश गर्न सहयोग गरिदिन अनुरोध गरेपछि असामको गुहावटीबाट नेपालको सीमासम्म ल्याइर्पुयाउने कार्यमा भारतीय प्रहरीले सहयोग गरेकोमा धन्यवाद ज्ञापन समेत गरेका छन्

प्रसाईंले भारतीय प्रहरीसमक्ष आत्मसमर्पण गरेको नभई नेपालसम्म सुरक्षित र्पुयाइदिन आफैँ अनुरोध गर्नुभएको समेत विज्ञप्तिमा भनिएको

पक्राउ परेको जानकारी छैन : प्रहरी

दुर्गा प्रसाई पक्राउ परेको बिषय जानकारी नभएको नेपाल प्रहरीको भनाई पक्राउ परेका प्रसाईलाई झापाको काँकरभिट्टा नाका हुँदै नेपाल ल्याइने बिषय बाहिर आएपनि जिल्ला प्रहरी झापाका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काले आफुहरुलाई सो बिषय जानकारी नभएको बताए हामीलाई कहिँ कतैबाट त्यस्तो जानकारी आएको छैन,’ उनले भने

 

सम्बन्धित समाचार