२०८३ बैशाख १९ गते , शनिबार
व्यवस्था विरोधी जनआन्दोलनका कमाण्डर दुर्गा प्रसाई पक्राउ
बिर्तामोड । राजसंस्था पुनर्स्थापनाका लागि जनआन्दोलनका कमाण्डर दुर्गा प्रसाई पक्राउ परेका छन् । उनलाई प्रहरीले भारतको आसाम राज्यबाट पक्राउ गरेको हो ।
गत चैत १५ गते काठमाण्डौमा राजावादी प्रदर्शनका मुख्य नाइके प्रसाईं कार्यक्रम हिंसात्मक बनेसँगै फरार भएका थिए । नेपालमै सुरक्षित बसेको छु भन्दै भिडियो सन्देश सार्वजनिक गरेर प्रहरीलाई छक्याउँदै आएका प्रसाई भारतमा पक्राउ परेका हुन् ।
उनलाई पक्राउ गरेर प्रहरीको टोलीले नेपाल ल्याउँदैछ ।
तीनकुने घटनामा प्रहरीलाई नै गाडीले पेलेर अघि बढेका प्रसाईं केहीबेरपछि सम्पर्कविहीन भएका थिए । त्यसयता प्रहरीले उनको खोजी गरिरहेको थियो । राजावादीहरुको हिंसात्मक प्रदर्शनमा परि दुई जनाको मृत्यु भएको थियो ।