२०८३ बैशाख १९ गते , शनिबार

ट्याक्टर चोरेर लाँदालाँदै दुर्घटना, चालकको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८१ चैत्र २८ गते , विहीबार
ट्याक्टर चोरेर लाँदालाँदै दुर्घटना, चालकको मृत्यु

बिर्तामोड । इलाममा ट्याक्टर चोरी गरेर लैजाँदै गर्दा दुर्घटना भएको छ । इलाम नगरपालिका वडा नं. ७ का इश्वर राईले बाटोमा पार्किङ गरी राखेको को.१त ७३४१ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो । दुर्घटनामा परी चालकको मृत्यु भएको छ।
बुधबार राति अन्दाजी १०:५० बजे इलाम नगरपालिका वडा नं. ७ जिरोमा ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना हुँदा सोही ट्याक्टर लिई जाने अन्दाजी वर्ष ३०/३५ को पुरुष मानिस घाइते अवस्थामा फेला पारी तत्काल जिल्ला अस्पताल इलाम ल्याई उपचार गराउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। मृतकको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।
मृतक मझौला शरिर, श्याम्लो बर्ण भएको, कालो पाइन्ट, कालो टि-सर्ट लगाएकाले पहिचानका लागि प्रहरीले सम्बन्धित निकायमा पत्राचार समेत गरेको छ। 

सम्बन्धित समाचार