२०८३ बैशाख १९ गते , शनिबार

लेखापढी व्यसायीले काम नगर्दा यातायातमा सेवाग्राहीलाई सास्ती

sajilo news
परिवेश मिडिया
२०८१ चैत्र २६ गते , मंगलबार
लेखापढी व्यसायीले काम नगर्दा यातायातमा सेवाग्राहीलाई सास्ती

बिर्तामोड यातायात व्यवस्था कार्यालय झापामा रहेका लेखापढी व्यवसायीहरुले काम नगर्दा सेवाग्राहीहरुले सास्ती भोग्नु परेको लेखापढी व्यवसायीको भर पर्दै आएका सेवाग्राहीहरुले कामको भेउ नपाउँदा सास्ती भोग्नु परेको हो

बैंकको भौचर कसरी भर्ने सर ? कर तिर्नु , मलाइ भौचर भर्नै आएन,’ झिलझिलेका सेवाग्राही मनोजकुमार राई भन्दै थिए उनी गाडीको कर तिर्न आएपनि लेखापढी व्यवसायीले काम नगरेपछि आफैँले काम गर्नुपर्दा अनविज्ञ देखिन्थे अर्का सेवाग्राही मेचीनगरका हरि घिमिरेपनि कर कसरी तिर्ने भनेर भौतारिरहेका थिए लेखापढी व्यवसायीलाई निश्चित शुल्क दिएर काम लगाउँदा सजिलो हुन्थ्यो उनले भने लेखापढी व्यवसायीले काम नगरेपछि कर तिर्न कार्यालय परिसरमा सेवाग्राहीहरुको भिड लागेको

बिचौलियाका कारण सेवाग्राहीले सास्ती भोग्नु परेको गुनासोपछि चैत्र २२ गते प्रहरीले जनालाई पक्राउ गरी अभद्र व्यवहारमा म्याद थप गरेपछि व्यवसायीको सुरक्षा नभएको भन्दै लेखापढी व्यवसायीहरुले काम बन्द गरेका छन् व्यवसायीहरुले स्वतस्फुर्त काम ठप्प पारेको उनीहरुको भनाई

व्यवसायीमाथिको धरपकड बन्द सुरक्षाको प्रत्याभुति नभइञ्जेल काम गर्ने वातावरण नभएको मेची लेखापढी व्यवसायी सघका अध्यक्ष युवराज निरौला (कमल)ले बताए

सटर खोल्ने बित्तिकै कति बेला प्रहरीले पक्रेर लान्छ भन्ने टुंगो छैन,’ व्यवसायी राजेश श्रेष्ठले गुनासो गर्दै भने, ‘यस्तो अवस्थामा कसरी काम गर्न सकिन्छ ?सम्बन्धित निकायबाट प्रमाणपत्र प्राप्त गरी काम गर्ने व्यवसायीलाई राज्यले संरक्षण  गर्नुपर्ने उनको भनाई गलत गर्नेलाई कारबाही गर्नुपर्छ तर सबै लेखापढी व्यवसायीलाई बिचौलियाको उपमा दिएर एउटै आँखाले हेर्ने काम राम्रो नभएको उनले बताए

व्यवसायीहरुले सोमबार प्रमुख जिल्ला अधिकारीलाई भेटेर आफुहरुको काम, कर्तव्य अधिकार स्पष्ट पारिदिन पक्राउ परेकाहरुलाई रिहाइ गर्न माग गर्दै ज्ञापन पत्रसमेत बुझाएका थिए

यातायातसँग सम्बन्धित काम गर्दै आएका स्मार्ट टाक्स प्रालिका सञ्चालक लक्ष्मी पराजुलीले सेवाग्राहीको काम समयमा गर्न नपाउँदा बिलम्ब शुल्क लाग्ने अवस्था आएको गुनासो गरे उनले भने, ‘१०/१२ जनाले कामको जिम्मा दिनु भएको , चैत्र मसान्त भित्र कर तिर्न पाइएन भने थप शुल्क लाग्छ, त्यो कसले व्यहोर्ने ?

एकातिर कामको मेसो नपाउँदा सेवाग्राहीहरु हैरानी व्यहोरिरहेका छन् भने अर्कातिर समयमा काम गर्न नपाउँदा अतिरिक्त शुल्क तिर्नुपर्ने चिन्ताले व्यवसायी चिन्तित छन्  

सम्बन्धित समाचार