२०८३ बैशाख १९ गते , शनिबार

कुलमानको पुनर्बहाली माग गर्दै काठमाण्डौमा प्रदर्शन

sajilo news
परिवेश मिडिया
२०८१ चैत्र २४ गते , आईतबार
कुलमानको पुनर्बहाली माग गर्दै काठमाण्डौमा प्रदर्शन

काठमाण्डौ । कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्बहालीको माग गर्दै काठमाण्डौको माइतीघर मण्डलामा आइतबार प्रदर्शन भएको छ ।
कुलमान घिसिङ पुनर्बहाली संयुक्त आन्दोलन परिचालन समितिको अगुवाइमा विरोध प्रदर्शन भएको हो । विरोध प्रदर्शनमा सहभागीहरूले ‘प्राधिकरणमाथिको राजनीति बन्द गर, ‘देशको शान कुलमान घिसिङ’, लगायतका प्लेकार्ड बोकेका थिए  भने ‘उज्यालो नेपालका नायक कुलमान घिसिङ’ टिसर्ट लगाएका थिए ।
बानेश्वरबाट सुरु भएको र्याली माइतीघर पुगेर कोण सभामा परिणत भएको थियो । र्‍यालीमा विभिन्न सांस्कृतिक झाँकी समेत प्रदर्शन गरिएको थियो । सो क्रममा उर्जामन्त्री दीपक खड्काको राजीनामा समेत माग भएको थियो । 

सम्बन्धित समाचार