यातायातका बिचौलियालाई अभद्र व्यवहारमा म्याद थप
बिर्तामोड । यातायात व्यवस्था कार्यालय झापाबाट पक्राउ परेका बिचौलियाहरूलाई प्रहरीले पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको छ। उनीहरूलाई अभद्र व्यवहारको कसुरमा म्याद थप गरिएको हो ।
बिचौलियाका कारण सेवाग्राहीले दुःख पाउनुका साथै ठगीमा परेको गुनासो बढेपछि शुक्रबार प्रहरीले अपरेसन चलाएको थियो । अपरेसनको क्रममा प्रहरीले बिर्तामोड-१ बस्ने वर्ष २७ का सुरज आचार्य, बिर्तामोड-१ बस्ने बर्ष ४२ का तुलसी खतिवडा, कनकाई-१ बस्ने बर्ष २० का दिवस राई, बिर्तामोड-५ बस्ने बर्ष ४३ का रामप्रसाद ढकाल, बिर्तामोड-१ बस्ने बर्ष २४ की गरिमा घिमिरे, बिर्तामोड-१ बस्ने बर्ष ५२ की सीता भेटवाल, बिर्तामोड-१ बस्ने बर्ष २९ का रोशन आचार्य, बिर्तामोड-३ बस्ने बर्ष २६ का युवराज लिम्बू र बिर्तामोड-२ बस्ने बर्ष २४ का टंकप्रसाद राजवंशी लाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय अनारमानीका प्रमुख डीएसपी प्रकाश बिष्टले जानकारी दिए । उनीहरुलाई जिल्ला प्रशासन कार्यालय झापाबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको उनले जानकारी दिए ।