२०८३ बैशाख १९ गते , शनिबार

भुटानले लखेटेका शरणार्थीमाथि अनुसन्धान जारी

sajilo news
परिवेश मिडिया
२०८१ चैत्र २२ गते , शुक्रबार
भुटानले लखेटेका शरणार्थीमाथि अनुसन्धान जारी

बिर्तामोड केहि समयअगाडी भुटानले भारतहुँदै नेपालतर्फ पठाएका शरणार्थीमाथि अनुसन्धान भइरहेको अवैधरुपमा नेपाल छिरेका उनीहरुमाथि अध्यागमन कार्यालय काँकरभिट्टाले अनुसन्धान जारी राखेको हो

उनीहरु के कसरी नेपाल प्रवेश गरेको भन्ने बिषयमा अनुसन्धान जारी रहेको अध्यागमन कार्यालय काँकरभिट्टाका सूचना अधिकारी इन्द्रकुमार राजवंशीले जानकारी दिए उनीहरु कसरी नेपाल छिरे भनेर अनुसन्धान गरिरहेका छौँ,’ उनले भने, ‘अनुसन्धान प्रतिवेदन विभाग पठाएपछि केहि निर्देशन आउँछ होला

चैत्र १६ गते ३१ वर्षीय सन्तोष दर्जी ३६ वर्षीय रोशन तामाङ, ३६ बर्षीय आशिष सुवेदीलाई बेलडाँगी शिविरबाट प्रहरीले पक्राउ गरी अध्यागमन कार्यालयको जिम्मा लगाएको थियो भने १८ गते राति ३० बर्षीय अशोक गुरुङलाई सशस्त्र प्रहरीले मेचीनगर नगरपालिका को मिलनटुङ्ग सीमा नाकाबाट पक्राउ गरेको थियो

पक्राउ परका चारै जनालाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको   

पुनरर्वास कार्यक्रम अन्तर्गत अमेरिका पुगेका उनीहरुसहित १० जनालाई अमेरिकी कानुन उल्लंघन गरेको आरोपमा डिपोट गरी भुटान ल्याएर छाडेको थियो भुटानले शरण दिएर राख्नुपर्ने उनीहरुलाई उल्टै ३० हजार नगद दिएर भारतहुँदै नेपाल तर्फ पठाएको थियो उनीहरुमध्ये जना भने बेपत्ता छन्

 

 

सम्बन्धित समाचार