२०८३ बैशाख १९ गते , शनिबार

४६ प्रतिशत चालकले लागूपदार्थ सेवन गरेको पाइयो

sajilo news
परिवेश मिडिया
२०८१ चैत्र २० गते , बुधबार
४६ प्रतिशत चालकले लागूपदार्थ सेवन गरेको पाइयो

बिर्तामोड झापाको काँकरभिट्टामा गरिएको चालकहरुको स्वास्थ्य परीक्षणमा करिब आधाजसो ४६ प्रतिशत चालकले लागूपदार्थ सेवन गरेको पाइएको मेचीनगर नगरपालिका वडा नम्बर स्थित बसपार्कमा गरिएको ३० जना चालकहरुको स्वास्थ्य परीक्षणमा १४ जनाले लागूपदार्थ सेवन गरेको पाइएको हो

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको अगुवाईमा पूर्वपश्चिम राजमार्गमा सञ्चालन हुने यात्रबाहक बस तथा नीजि सवारीसाधनहरुबाट बढ्दो दुर्घटना न्यूनीकरणका लागि चालकहरुको आँखा तथा लागूपदार्थ सेवन चेकजाँच गरिएको थियो

परीक्षणका क्रममा १४ जनामा लागूपदार्थ पोजेटिभ देखिएकाले थप अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टाको जिम्मा लगाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलले जानकारी दिए

जिल्ला प्रशासन कार्यालय झापा, जिल्ला प्रहरी कार्यालय झापा लागूऔषध नियन्त्रण व्युरो काँकरभिट्टाको समन्वयमा समुदायप्रहरी साझेदारी अन्तरगत कार्यक्रम सम्पन्न गरिएको ट्राफिक प्रहरी पोष्ट काँकरभिट्टाका इञ्चार्ज प्रहरी नायव निरीक्षक पूर्ण गौतमले जानकारी दिए

कार्यक्रममा काँकरभिट्टा आई केयर सेन्टर प्रालि स्वास्थ्य कार्यालय झापाले प्राविधिक सहयोग गरेका थिए  

सम्बन्धित समाचार