२०८३ बैशाख १९ गते , शनिबार
६५ बर्षपछि नेपालको कार्यकारी प्रमुख थाइल्याण्ड जाँदै
झापा । प्रधानमन्त्री केपी शर्मा ओली आज थाइल्याण्ड भ्रमण जाँदैछन् । दिउँसो साढे १२ बजे उनी थाइल्याण्ड प्रस्थान गर्नेछन् ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को छैँठौ समिटमा भाग लिन उनी त्यसतर्फ जान लागेका हुन् । प्रधानमन्त्री ओली नेतृत्वको २३ सदस्यीय भ्रमण टोली आज दिउँसो साढे १२ बजे थाइल्याण्डका लागि प्रस्थान गर्नेछ ।
नेपालको कार्यकारी प्रमुखको थाइल्याण्डको औपचारिक भ्रमण ६५ वर्ष पछि हुन लागेको हो । थाइल्याण्ड भ्रमणका क्रममा दुईवटा समझदारी पत्रमा हस्ताक्षर हुने तय भएको छ ।
प्रधानमन्त्री चैत २३ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।