२०८३ बैशाख १९ गते , शनिबार

राज्यलाई सधैं चुनौती दिने प्रसाई किन भागे ?

sajilo news
परिवेश मिडिया
२०८१ चैत्र १७ गते , आईतबार
राज्यलाई सधैं चुनौती दिने प्रसाई किन भागे ?

काठमाण्डौ । राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाई चैत्र १५ गते काठमाण्डौमा भएको विध्वंसकारी घटना पछि फरार भएका छन् । प्रदर्शनकारीलाई उक्साउँदै सुरक्षा घेरा तोडेका प्रसाई आन्दोलनले ध्वंसात्मक रूप लिन थालेपछि सुटुक्क फरार भएका छन् ।
प्रदर्शनकारीले लुटपाट र आगजनी गर्न थाले पछि प्रहरीले पक्राउ गर्ने भयले 'मलाई पक्राउ गर्न प्रहरी आईरहन पर्दैन, जहाँ बोलाउछौ त्यही आउँछु' भन्दै सामाजिक सञ्जालमा लेखेका प्रसाई हालसम्म फरार छन् ।
आन्दोलनकारीले गराएको आगजनीका कारण एकजना पत्रकारको जलेर मृत्यु भएको छ भने प्रहरीको गोली लागेर एकजना प्रदर्शनकारीको मृत्यु भएको छ । प्रदर्शनका कारण मानिसको मृत्यु, आगजनी र तोडफोड भएपछि फसिने डरले प्रसाई भागेको स्रोतको दाबी छ । आन्दोलनले उग्र रुप लिएपछि आन्दोलन जारी राख्नु भन्दै प्रसाई फरार भएका थिए । तीनकुने घटनालाई केही वर्ष पहिले कैलालीको टीकापुरको घटनासंग जोडेर केहिले प्रसाईलाई कारबाहीको माग गरिरहेका छन् । कैलाली घटनामा आन्दोलनकारीलाई उक्साएको आरोपमा रेशम चौधरीलाई सरकारले पक्राउ गरी जेल हालेको थियो । राज्यलाई चुनौती दिँदै पक्रन प्रहरी आउन पर्दैन भन्ने प्रसाई प्रहरीले खोजी गरिरहेको भन्ने थाहा पाए पछि फरार भएका छन् । आफू फसिने डरले उनी फरार भएका हुन् । सरकारले उनको पासपोर्ट कालोसूचीमा राख्ने तयारी गरेको छ ।
गणतन्त्रबादी दलहरुले आन्दोलनका नाईकेलाई कारबाहीको माग गरिरहेका छन् । 

सम्बन्धित समाचार