२०८३ बैशाख १९ गते , शनिबार
प्रहरी चौकी कोहवराको भवन उद्घाटन
बिर्तामोड । झापाको गौरादह नगरपालिका वडा नम्वर ६ दामुना बजारमा निर्माण सम्पन्न भएको प्रहरी चौकी कोहवराको भवन आज उद्घाटन गरिएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायब महानिरीक्षक राजन अधिकारीले भवन उद्घाटन गरेका हुन् ।
एक करोड २४ लाख ९० हजार ५८० रुपैँया लागतमा निर्माण भएको प्रहरीले जनाएको छ । कार्यक्रममा भवनका लागि जग्गा उपलब्ध गराउने स्वर्गीय टेकनारायण ताजपुरियाकी श्रीमती चम्पादेवि ताजपुरियालाई सम्मान गरिएको थियो ।
गौरीगंज गाउपालिकाकी अध्यक्ष फुलवति राजवंशीको विशिष्ट अतिथी रहेको कार्यक्रमको अध्यक्ष जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक मिलन केसी रहेका थिए ।