२०८३ बैशाख १९ गते , शनिबार

प्रेस सेन्टरको महाधिवेशन १६ र १७ गते, अध्यक्षमा ९ जनाको दाबी

sajilo news
परिवेश मिडिया
२०८१ चैत्र १५ गते , शुक्रबार
प्रेस सेन्टरको महाधिवेशन १६ र १७ गते, अध्यक्षमा ९ जनाको दाबी

झापा नेकपा (माओवादी केन्द्र) निकट पत्रकारहरूको संगठन प्रेस सेन्टर नेपालको चैत १६ १७ गते काठमाण्डौमा हुने पाँचौ राष्ट्रिय महाधिवेशनको सरगर्मी ह्वात्तै बढेको

भावी अध्यक्ष पदका लागि हालसम्म जनाले आकाङ्क्षा देखाएका छन् नेतृत्वमा वर्तमान अध्यक्ष विष्णु सापकोटा (जुगल)ले फेरि दोहोरिने चाहना देखाएका छन्  भने, वरिष्ठ उपाध्यक्ष कमल गिरी, उपाध्यक्ष निर्मल ज्ञवाली, दीपेन्द्र रावल, लक्ष्मण खड्का  सुरेश यादवपनि आकांक्षी छन्   यसैगरी बर्तमान महासचिव सन्तोष पौडेल तथा नेताहरु मनोज घर्ती मगर बबिन शर्माले पनि अध्यक्षमा आकाङ्क्षा देखाएका छन्

जसमध्ये जुगल, पौडेल ज्ञवाली संस्थापन पक्ष निकट मानिन्छन् यस्तै गिरी नारायणकाजी श्रेष्ठ निकट मानिँदा रावल जनार्दन शर्मा बर्षमान पुन निकट मानिन्छन् भने घर्ती मगर पुर्व उपराष्ट्रपति पासाङ निकट मानिन्छन्

यी आकांक्षीमध्येबाट सहमति जुटाउन प्रयास भएपनि हालसम्म कुनै निचोड निस्कन नसकेको बताइएको अन्तिम समयसम्म सहमति हुन नसके चुनाव नै गर्नुपर्ने अवस्था आउन सक्ने सम्बद्ध नेताहरू बताउँछन्

यसअघि माओवादी निकट विद्यार्थी संगठन अनेरास्ववियु(क्रान्तिकारी) मा पनि नेतृत्व चयनका लागि निर्वाचन भएको थियो

चुनावी माहोलकै बिच सहमतिबाट नै नेतृत्व छनोटको प्रयासस्वरुप बिहीबार खुमलटारमा पार्टी अध्यक्ष प्रचण्ड सेन्टरका पदाधिकारीबिच छलफल भएको तर, उक्त छलफलमा नेतृत्वबारे सहमति नभएको सहभागी एक नेताले बताए

बर्तमान अध्यक्ष सापकोटाले भने आजको छलफलमा अध्यक्षका दाबेदार सबैले आफ्ना धारणा राखेको सहमतिको प्रयास जारी रहेको जिकिर गरे अध्यक्ष प्रचण्डले सकभर सहमतिमै नभए मतदान प्रक्रियाबाट अगाडि बढेमा पार्टीले हस्तक्षेप नगर्ने बताएको उनले जानकारी दिए

बिहीबार खुमलटारमा भएको छलफलमा ११ जना पदाधिकारी सहभागी भएको बताइएको

खुमलटारमा भएको छलफलमा अध्यक्षका दाबेदार सबैले आफ्नै दाबी गरेकाले कुनै सहमति नभएको सहभागी अर्का एक नेताले जानकारी दिए ती नेताका अनुसार प्रचण्डलेथ्री इन वान मोडेलमा जान आग्रह गरेको बुझिएको

छलफलमा आकांक्षी सबैले आफ्नै दाबी गरे सहमति भएन अध्यक्ष प्रचण्डले थ्री इन वान (संस्थापन, बिच युवा) लाई समेट्ने मोडेलमा जानोस् भन्नुभयो संस्थापन मात्र समेट्ने  होइन, बिचको मात्रै पनि होइन युवा मात्रलाई समेट्ने पनि होइन, सबै जेनेरेसलाई समेट्ने गरी नेतृत्व छनोट गर्नोस्, प्रचण्डको भनाइ उदृद्ध गर्दै ती नेताले भने

यसकै नेतृत्वमा जाऊ नभनेपनि सहमतिमै नेतृत्व छनोट गर्नेगरी अगाडि बढ्न प्रचण्डले आग्रह गरेको ती नेताको भनाइ

पार्टीको तर्फबाट थप प्रस्ट पार्दै प्रचण्डले भने, अनौपचारिक रुपमा कुनै सन्दर्भमावरिष्ठ उपाध्यक्षलाई बनाए पनि हुन्छ पनि भनियो होला तर पार्टीले यो नै अबको अध्यक्ष हो भनेर भनेको छैन तपाईं  उपाध्यक्षहरू मिलेर एकजनामा सहमति गरेपनि वा महासचिवलाई अध्यक्ष बनाएर गए पनि हुन्छ वा पदाधिकारीभन्दा बाहिरबाट कुनै फ्रेस युवालाई ल्याए पनि हुन्छ यसैलाई बनाऊ भन्न मिल्दैन सहमतिमै नेतृत्व छनोट गर्नोस् औपचारिक रूपमा कसैलाई यहि भनिएको छैन सके तपाईंहरु आफै सहमति गर्नुस् सहमति नभए प्रक्रियामा अगाडी बढ्नुस पार्टीले हस्तक्षेप गर्दैन तर अबको नेतृत्व आजको बिज्ञान प्रबिधिको नयाँनयाँ चुनौतीको सामना गर्न सक्ने योग्य नेतृत्व हुनुपर्दछ  

आजको छलफलमा अध्यक्ष सापकोटाले कुनै धारणा राखेका थिएनन् रावलले आफू युद्ध पत्रकार भएको, लामो समय मिडियामा काम गरको एआईबारे राम्रो जानकार रहेकाले नेतृत्वका लागि सक्षम भएको बताएका थिए

वरिष्ठ उपाध्यक्ष गिरीले संगठन हाँक्न सक्ने क्षमता अनुभव दुबै आफूमा रहेको सोपान अनुसार पनि आफु अध्यक्षका लागि योग्य भएको दाबी गरेका थिए सकेसम्म आफ्नै नेतृत्वमा सहमतिबाट नै नेतृत्व छनोट गर्नुपर्नेमा जोड दिएका थिए

अध्यक्षका अर्का दाबेदार निर्मल ज्ञवाली महासचिव सन्तोष पौडेलले सहमतिबाट जुगल नै अध्यक्ष भएमा आफूलाई आपत्र् िनहुने धारणा राखेको अर्का एक सहभागीले बताए

यसअघि चैत १२ गते प्रचार विभाग प्रमुख अग्निप्रसाद सापकोटाले सर्वसम्मत नेतृत्व चयनका लागि केन्द्रीय कार्यालय पेरिसडाँडामा छलफल गरेका थिए

सहमति नभए त्रिपक्षीय भिडन्त

सहमतिको प्रयास असफल भएमा अन्तिममा चुनावी मैदानमा त्रिपक्षीय भिडन्त हुने सम्भावना बलियो बन्ने अर्का एक नेताले बताएका छन् ती नेताका अनुसार संस्थापन पक्षबाट सर्वसम्मत भएमा जुगल नभएमा ज्ञवाली पौडेलमध्ये एक दाबेदार रहनेछन् उपमहासचिव शर्मा निकटको तर्फबाट रावल बलिया दाबेदार हुन् पार्टी वरिष्ठ उपाध्यक्ष श्रेष्ठको तर्फबाट गिरि पनि  बलिया दाबेदार हुन् चुनावी प्रतिस्पर्धामा जाँदा जुगल प्रतिस्पर्धाको रिङबाट बाहिरिन सक्ने ती नेताले जिकिर गरे

सहमति हुने सम्भावना एकदमै न्यून निर्वाचन प्रक्रियामा जाने ९९ प्रतिशत सम्भावना देखिन्छ यदि सहमति भएन भने जुगलजीलाई चुनावी प्रतिस्पर्धामा जानुहुन्छ जस्तो मलाई लाग्दैन यस्तो अवस्थामा संस्थापन पक्षबाट निर्मल सन्तोषमध्ये एक जना आउने सम्भावना देखिन्छ नारायणकाजी निकटबाट कमलजी जनार्दन निकटबाट दीपेन्द्रजीको बलियो सम्भावना देखिन्छ अर्का उपमहासचिव वर्षमानको तर्फबाट बबिनजी पासाङको तर्फबाट  मनोजजीले पनि आकाङ्क्षा देखाउनु भएको तर प्रतिस्पर्धा त्रिपक्षीय हुने सम्भावना बलियो , ती नेताले भने

गिरिमाथि जनयुद्ध लडेको लाइसेन्स नभएको नेताका रूपमा संगठनभित्रै आलोचना हुने गरेको यद्यपि उनले आफूले जनयुद्ध प्रत्यक्ष नलडेपनि सोपानअनुसार आफूलाई अध्यक्ष पदको प्रमुख दाबेदारको रूपमा दाबी गर्दै आएका छन्

संस्थापन पक्षबाट जुगल अगाडि नसरे महासचिव पौडेलको सम्भावना बलियो रहेको ती नेताको जिकिर   निर्मल संगठनमा उपत्यकाको इन्चार्ज रहेको हुँदा देशभरी उनको पकड नरहेकाले पौडेललाई प्रचण्डले अगाडि सार्न सक्ने सम्भावना देखिन्छ

यता महासचिवमा पार्टी उपमहासचिव जनार्दन निकट दीपेन्द्र शर्मा बलियो दाबेदार रहेको बुझिएको शर्माले सबैपक्षलाई रिझाएकाले सर्वसम्मत उम्मेदवार बन्न सक्ने बुझिएको यसैगरी सुनिल खड्का पनि महासचिवको दाबेदार हुन्

नेतृत्वमा प्रेस सेन्टरको निर्वाचनमा संस्थापकहरू चाहना के रहन्छ भन्नेले पनि प्रभाव पार्ने अर्का एक नेताले बताए संस्थापक ओम शर्मा, महेश्वर दाहाल, खिलबहादुर भण्डारी, गोविन्द आचार्य लगायत नेताहरु अहिलेसम्म कतै खुलेका छैनन्

एक सय १९ सदस्यीय केन्द्रीय समितिमा ९९ जना प्रतिनिधिबाट चुनिने व्यवस्था विधानमा २० प्रतिशत अध्यक्षको प्रस्तावमा केन्द्रीय समितिले मनोनयन गर्नेछ २९ सदस्यीय पदाधिकारीमा अध्यक्ष , वरिष्ठ उपाध्यक्ष , उपाध्यक्ष (खुला , महिला , समावेशी १), महासचिव , उपमहासचिव (खुला , महिला , दलित , मधेसी , आदिवासी/जनजाति १), सचिव (खुला , महिला , समावेशी , प्रत्येक प्रदेशबाट १/ जना), कोषाध्यक्ष रहने विधानमा उल्लेख

सम्बन्धित समाचार