२०८२ जेष्ठ ३२ गते , शनिबार
काँकरभिट्टा नाकाबाट २ अर्बको तरकारी आयात

बिर्तामोड । पूर्वी नाका काँकरभिट्टाबाट २ अर्ब बढीको तरकारी आयात भएको छ । चालु आवको फागुन मसान्त सम्ममा काँकरभिट्टा भएर २ अर्ब ३ करोड ३ लाख ७२ हजार मुल्य बराबरको तरकारी आयात भएको हो ।
चालु आवको सो अवधीमा गत बर्षको भन्दा १ अर्ब ८ करोड २४ लाख ७५ हजार रुपैँयाले बढी हो । यो बर्ष गत बर्षभन्दा ११४ प्रतिशतले तरकारी आयातमा वृद्धि भएको कार्यालयले जनाएको छ ।
काँकरभिट्टा नाका भएर भारतलगायत तेस्रो मुलुकबाट आलु, प्याज, कोपी, टमाटर, लसुनलगायत तरकारी आयात हुने गरेको छ ।