२०८३ बैशाख १९ गते , शनिबार

सरकारको निर्णय विरुद्ध अदालत जाने तयारीमा कुलमान

sajilo news
परिवेश मिडिया
२०८१ चैत्र १३ गते , बुधबार
सरकारको निर्णय विरुद्ध अदालत जाने तयारीमा कुलमान

झापा सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको पदबाट हटाएको पत्र पाएपछि कुलमान घिसिङ आज अदालत जाने तयारीमा छन्

२०७८ साउन २५ गते दोस्रो कार्यकालका लागि प्राधिकरण प्रमुखमा नियुक्त गरिएका घिसिङको अवधि २०८२ साउन २५ गते सकिँदै थियो तर कार्यकाल सकिनुभन्दा चार महिना अघि नै चैत ११ गते बेलुका बसेको मन्त्रिपरिषद बैठकले घिसिङलाई पदमुक्त गरेर हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशक पदमा नियुक्त गरेको थियो

मंगलबार अर्थात् चैत १२ गते नै उनी अदालत जाने तयारीमा रहे पनि पदमुक्त गरिएको पत्र ढिलो गरी प्राप्त भएकाले उनले बुधबार मात्र अदालत जाने तयारी गरेका हुन्

मन्त्रिपरिषदको निर्णयपछि ऊर्जा मन्त्रालयले कुलमानलाई पत्राचार गरेर पदमुक्त गरिएको जानकारी दिएको सो पत्रमा पदबाट हटाउनु पर्नाका १० कारण बुँदागत रुपमा उल्लेख

कुलमानले सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै आफूलाई पदबाट हटाउने सरकारको निर्णय खारेजयोग्य भएको जिकीर गर्दै अदालत जाने तयारीमा रहेको बताए कुलमानले भने, ‘ आज अदालत जाने तयारीमा छु

सम्बन्धित समाचार