२०८३ बैशाख १९ गते , शनिबार

कुलमानलाई हटाउने निर्णयप्रति कसको के टिप्पणी

sajilo news
परिवेश मिडिया
२०८१ चैत्र १२ गते , मंगलबार
कुलमानलाई हटाउने निर्णयप्रति कसको के टिप्पणी

बिर्तामोड नेपाल विद्युत प्राधिकरणको नेतृत्वबाट कुलमान घिसिङलाई हटाउने निर्णयप्रति सत्ता घटक दलसहिट विभिन्न नेताहरुले असन्तुष्टि जनाएका छन् राम्रो काम गरेर चौतर्फी प्रशंसा पाएका घिसिङलाई बिना कारण पदबाट हटाएपटि सरकारको आलोचना भएको हो

सरकारको निर्णयप्रति ऊर्जाराज्यमन्त्री नै असन्तुष्ट बनेका छन् विभागीय मन्त्री दीपक खड्काको प्रस्तावमा सोमबारको मन्त्रिपरिषद् बैठकले कुलमानलाई हटाउने निर्णय गरेपनि राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) भने असन्तुष्ट बनेका हुन्

मन्त्रिपरिषद्को निर्णयपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै कान्छारामले भनेसरकारले निर्णय गरिसक्यो मेरो के प्रतिक्रिया रह्यो र !

यस्तै कुलमान हटाउने निर्णयको प्रमुख प्रतिपक्षी माओवादी आक्रोशित देखिएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले घिसिङ हटाएकोमा सरकारको निन्दा गरेका छन्

आफ्नो फेसबुक पेजमा उनले देशमा जनताले चरम लोडसेडिङको मार खेपिरहेका बेला एउटा ऊर्जा विज्ञका रूपमा आफ्नो नेतृत्वको तत्कालीन सरकारले कुलमानलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको स्मरण गरेका छन्

प्रचण्डले भनेका छन्,  ‘उनको विज्ञता क्षमता अनि हाम्रो नेतृत्वको संयुक्त प्रयासबाट उज्यालो नेपाल निर्माण गर्न सफल भएको जनजनमा जानकारी उनै कुलमानलाई बाँकी बक्यौता जनताको पैसा हो उठाउनुपर्छ भनेका कारणले लामो समयदेखि पदबाट हटाउने उद्देश्यका साथ पटकपटक स्पष्टीकरण सोधेर अन्याय गर्दै आएको थियो तर आज भने सरकारले मन्त्रिपरिषद् बैठकबाट कुलमानलाई बर्खास्त नै गरेको भन्ने खबर सञ्चारमाध्यमबाट थाह हुन आएको , आशा गरौँ यो खबर असत्य साबित होस्

प्रचण्डले यदि सत्य रहेछ भने सरकारको यो कदम बिल्कुल गलत आपत्तिजनक , २/३ बहुमतको दम्भमा गरिएको यो निर्णय प्रति घोर निन्दा गर्दछु भनेका छन्

पूर्व उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान सरकारले  मुलुकलाई संकटबाट जोगाउनु पर्ने भन्दै सार्वजनिक अपिल गरेका छन् सामाजिक सञ्जाल फेसबुक (मेटा)मा पोष्ट गर्दै उनले सरकारी निर्णयको सार्वजनिक रुपमा विरोध गरिनु पर्ने उल्लेख गरेका छन्  

त्यस्तै सत्ता घटक नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा विश्वप्रकाश शर्मासहितका नेताहरूले पनि सरकारको निर्णयको आलोचना गरेका छन्

महामन्त्री थापाले घिसिङलाई  पदबाट हटाएर सरकारले असन्तुष्टिको आगोमा मट्टितेल हाल्ने काम गरेको टिप्पणी गरेका छन् सरकार सञ्चालन गर्न सहयोग गर्ने संयन्त्रका सदस्य समेत रहेका थापाले यस्तो टिप्पणी गरेका हुन् उनले आम नागरिकमा बढ्दो असन्तुष्टिको तावामा स्वार्थको रोटी सेक्न उद्धत एउटा तप्का सलबलाइरहेको समेत बताएका छन्

महामन्त्री थापाले फेसबुकमार्फत सरकारलाई प्रश्न गर्दै भनेका छन्, ‘यस्तो बेला सरकारको डेलिभरीबाट त्यो असन्तुष्टिलाई सम्बोधन गर्दै आगो नै निभाइदिऊ भनेर हामी दिन रात नभनी मेहनत गर्ने सरकार चाही आफैँ असन्तुष्टिको आगोमा मट्टितेल हाल्ने काम गर्ने ?साथै उनले यस्तो नगरौँ है भन्दा सुनेको जस्तो पनि गर्ने तर निर्णय फेरि यस्तो गलत गर्ने ? भन्दै प्रश्न गरेका छन्   ‘मन्त्रीहरूले बाटो बिराउँदा प्रधानमन्त्रीले समाल्नु पर्ने हो ….. तर विडम्बना त्यो भएन, निर्णय गलत , सरकार ! उल्टो बाटो हिँडेर सही गन्तव्य पुगिँदैन, थापाको भनाइ

यस्तै अर्का महामन्त्री शर्माले घिसिङलाई पदबाट हटाउन कांग्रेस पदाधिकारी तहको सहमति नभएको बताएका छन् उनले कुलमानलाई बाँकी पदावधि काम गर्न दिन नहटाउन आन्तरिक तथा सार्वजनिक रुपमै सजग गराइएको समेत बताएका छन्

नेपाल विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउने निर्णय भएपछि रास्वपाका सभापति रवि लामिछानेले सोमबार राति फेसबुक लाइभमा आएर उनले साङ्केतिक विरोध गरेका छन् लाइभमा आएर उनले केही बोलेनन् बरु उनले साङ्केतिक विरोधस्वरुप बत्ती निभाएर मैनबत्ती बाले  उनले लाइभको क्याप्सनमा लेखेका छन्, ‘कसलाई राख्ने, कसलाई हटाउने भन्ने अन्तिम निर्णय जनताले लिन्छन् !

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारको यो कदमलाई प्रतिगमनको संज्ञा दिएका छन् सरकारले कुलमान घिसिङलाई हटाएर हितेन्द्र शाक्यलाई ल्याउने निर्णय गरेर नेपाल विद्युत प्राधिकरणमा प्रतिगमन गरेछ,’ लिङ्देनले भनेका छन्, ‘नेपाल विद्युत प्राधिकरणमा गरिएको चरम राजनीतिक हस्तक्षेपले ऊर्जा क्षेत्रमा पुनः संकट आउन सक्ने खतरा बढेको उनले सरकारको यो निर्णयको विरोध गर्न पनि अपिल गरेका छन्

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकलाई बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध अदालत जाने कुलमान घिसिङले बताएका छन् उनले आफूले समाचार आएपछि यसबारे थाहा पाएको भन्दै सरकारको निर्णयविरुद्ध अदालत गएर न्याय खोज्ने बताए

 

सम्बन्धित समाचार