२०८३ बैशाख १९ गते , शनिबार

कुलमानमाथि सरकारको ‘इगो हट’, प्राधिकरणबाट हटाउने निर्णय

sajilo news
परिवेश मिडिया
२०८१ चैत्र ११ गते , सोमबार
कुलमानमाथि सरकारको ‘इगो हट’, प्राधिकरणबाट हटाउने निर्णय

झापा बर्षौदेखि लोडसेडिङको मार खेपिरहेका नेपाली जनतालाई मुक्ति दिलाएका करोडौँ घाटामा रहेको नेपाल विद्युत प्राधिकरणलाई करोडौँ नाफामा लैजान सफल कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले पदमुक्त गर्ने निर्णय गरेको सोमबार बसेको मन्त्रीपरिषद बैठकले उनलाई बर्खास्त गर्ने निर्णय गरेको हो

कुलमानलाई बर्खास्त गरेसँगै केहि समयअघि म्यादसकिएर कार्यकारी निर्देशकमा बहाली हुन नपाएका हितेन्द्रदेव शाक्यलाई पुनः कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको शाक्यमाथि अदालतमा विचाराधिन अवस्थामा मुद्धा छँदै सरकारले पुनः कार्यकारी निर्देशमा नियुक्त गर्ने निर्णय गरेको

कुलमानको चौतर्फी प्रशंसा भएपनि सरकारले उनलाई हटाउने अनेकन् उपाय रच्दै आएको थियो यसअघि मन्त्रिपरिषद् बैठकले कुलमानमाथि चारबुँदे आरोप लगाउँदै दिनभित्र सफाइ पेस गर्न भनेको थियो

मन्त्रिपरिषद्को निर्णयअनुसार ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्यमार्फत कुलमानलाई ७२ घण्टे स्पष्टीकरण सोधिएको थियो

मूल्य बढाएर भारतसँग विद्युत् खरिद सम्झौता गरेको, कार्यसम्पादन मूल्यांकनका लागि समयमा विवरण नबुझाएको, त्यसमा शून्य अंक पाएको प्राधिकरणको नाफाफेकदेखाएर प्रचार गरेको लगायतका आरोप कुलमानमाथि लगाइएको थियो

सरकारले सोधेको चारबुँदे स्पष्टीकरणका विषयमा कुलमानले वटा बुँदामा स्पष्टीकरण दिएका थिए

कुलमानले मन्त्रिपरिषद्ले मागेको स्पष्टीकरण आफूविरुद्ध कुनै पनि कारबाही हुन नपर्ने जिकिर गर्दै स्पष्टीकरण बुझाएका थिए उनले मन्त्रिपरिषद्ले सोधेको स्पष्टीकरणमा मन्त्री पूर्वाग्राही भएको समेत उल्लेख गरेका थिए

 

सम्बन्धित समाचार