२०८३ बैशाख १९ गते , शनिबार

प्रेस चौतारीको १०औँ महाधिवेशन आजदेखि विराटनगरमा हुँदै

sajilo news
परिवेश मिडिया
२०८१ चैत्र १० गते , आईतबार
प्रेस चौतारीको १०औँ महाधिवेशन आजदेखि विराटनगरमा हुँदै

झापा नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको १०औं महाधिवेशन आजबाट सुरु हुँदैछ विराटनगरमा तीन दिनसम्म चल्ने महाधिवेशनको उद्घाटन एमाले महासचिव शंखर पोखरेलले उद्घाटन गर्नेछन्

यसअघि चौतारीको महाधिवेशनको उद्घाटनमा प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी हुने तयारी थियो ओली नआउने भएपछि महासचिव शंकर पोखरेलले उद्घाटन गर्ने प्रेस चौतारी सचिव विक्रम लुइटेलले जानकारी दिए महाधिवेशनमा देशभरबाट सय प्रतिनिधि विराटनगर आइपुगेका छन्

चौतारीको नयाँ नेतृत्वका लागि वर्तमान उपाध्यक्ष गणेश पाण्डे राजेश राईले उम्मेदवारी घोषणा गरिसकेका छन् यसअघि राईलाई अध्यक्ष बनाउने तयारीसहित पाण्डेलाई एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग सचिवको जिम्मेवारी दिइएको थियो तर अध्यक्ष ओलीले पाण्डेलाई अध्यक्ष बनाउन निर्देशन दिएपछि फागुन २८ गते सचिवमा मनोनीत भएका पाण्डेले चौतारीको अध्यक्ष उठ्ने भएकाले दोहोरो जिम्मेवारीमा नरहने भन्दै चैत गते राजीनामा दिएका थिए

केन्द्रीय नेतृत्वले सर्वसम्मत रुपमा नेतृत्व छनोट गर्न निर्देशन दिएको तर महाधिवेशन प्रतिनिधि भने निर्वाचन मार्फत नेतृत्व छान्नु पर्ने पक्षमा छन्

सम्बन्धित समाचार