२०८३ बैशाख १९ गते , शनिबार

झापाबाट १६ क्विण्टल गाँजा सशस्त्र प्रहरीद्वारा बरामद

sajilo news
परिवेश मिडिया
२०८१ चैत्र ९ गते , शनिबार
झापाबाट १६ क्विण्टल गाँजा सशस्त्र प्रहरीद्वारा बरामद

बिर्तामोड झापाबाट सशस्त्र प्रहरीले ठूलो मात्रामा गाँजा बरामद गरेको शुक्रबार ४:२० बजे बुद्धशान्ति गाउँपालिका स्थित मेची राजमार्गबाट वटा ट्रकमा राखेर लैजाँदै गरेको १६ सय ३६ किलो गाँजा सशस्त्र प्रहरीले बरामद गरेको हो

विशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल नं.  बराह बाहिनी मुख्यालयबाट सशस्त्र प्रहरी उपरीक्षक बिक्रम होमागाईको कमाण्डमा खटिएको विशेष अनुगमन टोली नं. गण झापा मातहत सुरक्षा वेश टिमाईबाट खटिएको संयुक्त सुरक्षा फौजले ईलामबाट झापातर्फ आउँदै गरेको को ५००१ प्र ०२००२ ०५८४ नम्बरको मिनि ट्रकलाई चेकजाँच गर्ने क्रममा गाँजा फेला परेको सशस्त्र प्रहरी बल नं. गण हेक्वा झापाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक कुलबहादुर भण्डारीले जानकारी दिए

५७ वटा बोरामा राखिएको गाँजासहित प्रहरीले धनकुटा जिल्लाको शहिदभूमी नगरपालिका बस्ने महेश राई ईलाम जिल्लाको माईजोगाई गाउँपालिका बस्ने ३७ बर्षीय गंगा बहादुर बस्नेतलाई नियन्त्रणमा लिएको उनले बताए

सशस्त्र प्रहरीले उनीहरुको साथबाट नेपाली ८७ हजार सय ८० रुपैयाँ थान मोवाईल सेट समेत बरामद भएको जनाएकोछ नियन्त्रणमा लिईएकाहरुलाई बरामद गाँजा तथा ट्रक सहित आवश्यक कारवाहीको लागि जिल्ला प्रशासन कार्यालय झापामा बुझाइएको बताइएको

सम्बन्धित समाचार