२०८३ बैशाख १९ गते , शनिबार

१ लाखको अवैध सामान ल्याउँदा ८ लाखको कारसहित प्रहरी फन्दामा

sajilo news
परिवेश मिडिया
२०८१ चैत्र ८ गते , शुक्रबार
१ लाखको अवैध सामान ल्याउँदा ८ लाखको कारसहित प्रहरी फन्दामा

बिर्तामोड भन्सार छलिगरी अवैध सामान भित्र्याउने क्रममा एक भारतीय पक्राउ परेका छन् भारत पश्चिम बंगाल खोरीबारी निवासी ३४ बर्षीय अमित सिंहलाई अवैध सामान गाडीसहित प्रहरीले पक्राउ गरेको हो

शुक्रबार दिउँसो अन्दाजी साढे १२ बजे मेचीनगर वडा नम्बर कालिखोलामा भारतबाट अवैध रुपमा नेपाल ल्याउँदै गरेको मोटर पार्टस मोबिलसहित सिंह पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाका सुचना अधिकारी डिएसपी खगेन्द्र खड्काले जानकारी दिए

उनले डब्लुबी ७४ एस २१५२ नम्बरको भारतीय कारको सिट मुनी फल्स बटम बनाई अवैध रुपमा लुकाई छिपाई लाख १५ हजार ५८२ रुपैँया बराबरको अवैध सामान ल्याउँदै गरेको अवस्थामा पक्राउ परेको प्रहरीले जनाएको

पक्राउ परेका सिंहलाई अवैध सामान अन्दाजी लाख मुल्यको कारसहित थप अनुसन्धानका लागि मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाइएको प्रहरीले जनाएको

सम्बन्धित समाचार