२०८३ बैशाख १९ गते , शनिबार
महायज्ञका लागि दलितको घर भत्काइएको घटनामा सिराहाका सिडीओ मन्त्रालय तानिए
झापा । सिराहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल गृह मन्त्रालय तानिएका छन् ।
शुक्रबार बिहान मन्त्रालयले दाहाललाई गृहमा तानेर अर्को सिडिओ पठाएको छ ।
कपिलवस्तुमा रहेका विश्वप्रकाश अर्याललाई सिराहा पठाइएको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
औरही गाउँपालिका वडा नम्बर ५ मा दीपक मल्लिकको घर भत्काइएको घटनामा हेलचक्र्याइँ गरेको भन्दै दाहाललाई मन्त्रालय तानेको मन्त्रालय स्रोतले जनाएको छ ।
गएराति गृहमन्त्री रमेश लेखकले यस घटनाको छानबिन गर्न आइजिपी दीपक थापालाई निर्देशनसमेत दिएका थिए ।
गाउँमा चैत १७ गतेदेखि महायज्ञ हुन लागेको छ । उनीहरूको घर भत्काइएकै ठाउँमा महायज्ञ गर्न लागेपछि यसबारे सर्वत्र विरोध भइरहेको हो ।
घटनाबारे बुझ्न जिल्ला प्रहरी कार्यालय सिराहाका एसपी रमेश पण्डित पनि बिहीबार पालिका पुगेका थिए ।