२०८३ बैशाख १९ गते , शनिबार

जनचेतना फैल्याउन विभिन्न कार्य गर्दै झापा ट्राफिक

sajilo news
परिवेश मिडिया
२०८१ चैत्र ७ गते , विहीबार
जनचेतना फैल्याउन विभिन्न कार्य गर्दै झापा ट्राफिक

बिर्तामोड सेतो टोपी, आकाशे रङ्गको सर्ट, गाढा नीलो पेन्ट कालो जुत्ता लगाएर सिटी फुक्दै सडकमा देखिनु उसको परिचय हो सवारी साधन पैदल यात्रुको सहज आवागमनको व्यवस्था मिलाउनु उसको दैनिकी हो

सडकमा सवारी साधनको चेकजाँच गर्नु, पैदल यात्री तथा सवारी साधनको आवागमनमा सहजता ल्याउनु दुर्घटना न्यूनीकरणका कार्य गर्नु उनीहरूको मुख्य जिम्मेवारी हो तर झापाका ट्राफिक प्रहरीको परिचय गतिविधि त्यतिमा मात्र सीमित छैन उनीहरू कहिले विद्यार्थी, कहिले चालक कहिले पैदल यात्रीहरूलाई पढाइरहेको भेटिन्छन्   जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेल नै उक्त कार्यमा क्रियाशील छन् ट्राफिक प्रहरी पोष्ट काँकरभिट्टाका इञ्चार्ज प्रहरी नायव निरीक्षक पुर्ण गौतमलगायत अन्य ट्राफिक पोस्टका प्रमुखहरूले उनलाई दैनिक जसो सो कार्यमा सहयोग गरिरहेका हुन्छन्

सवारी पार्किङ क्षेत्र आसपास चालकहरूलाई भेला गरेर ट्राफिक नियम सम्बन्धी प्रशिक्षण समेत उनीहरूले दिने गरेका छन्

सडकमा खटिएर मात्रै सडक सवारी सुरक्षा नहुने पौडेल बताउँछन् विद्यालय स्तरबाट नै ट्राफिकसँग सम्बन्धित सचेतना जगाउन जरुरी रहेको उनको भनाइ त्यसैले होला उनी ट्राफिक लाइट सम्बन्धी जानकारी दिने उद्देश्यले तीन वटा रङ भएको बत्ती जडित काठको नमुना ट्राफिक लाइट बोकेर विद्यालयविद्यालयमा पुगिरहेका हुन्छन् त्यति मात्र होईन ट्राफिक सम्बन्धी जानकारी गराउने उद्देश्यले आफ्ना सहकर्मीहरूलाई समेत विद्यालयमा पठाउने गरेका छन् झापा ट्राफिकले चालु आवमा हजार ७६२ पटक यस्ता सचेतनामुलक कार्यक्रम गरिसकेको कार्यालय प्रमुख पौडेलको भनाई यस्ता कार्यक्रमबाट लाख ५५ हजार ५३ जना मानिस लाभान्वित भएको उनले बताए

दुर्घटनाका निमित्त सडक, सवारी साधन चालकको शारीरिक मानसिक अवस्था मुख्य जिम्मेवार रहेको उनी बताउँछन् उनले मातहतका कर्मचारीहरूलाई सडकमा खटाएर चालकहरुले मादक पदार्थ तथा लागूऔषध सेवन गरे नगरेको समेत चेकजाँच गर्ने गराउने गरेका छन् उनीहरूले सवारी चालकको लाइसेन्स, सवारी साधनको ब्लुबुक भए नभएको नवीकरण गरे नगरेको जाँच गर्ने गरेका छन्

यसका अतिरिक्त ट्राफिक प्रहरी कार्यालय झापाले सामाजिक सञ्जालमार्फत समेत सचेतना फैलाउने काम गरिरहेको झापा ट्राफिकले फेसबुक पेज मार्फत सचेतनामूलक भनाइहरु पाठकसम्म र्पुयाउने काम गरिरहेका छन्

सम्बन्धित समाचार