२०८३ बैशाख १९ गते , शनिबार

सञ्चारकर्मी माथि किन खनिए झापाका जनप्रतिनिधी ?

sajilo news
परिवेश मिडिया
२०८१ चैत्र ६ गते , बुधबार
सञ्चारकर्मी माथि किन खनिए झापाका जनप्रतिनिधी ?

बिर्तामोड झापाका अधिकांश पालिकाहरुको प्रमुख तथा उपप्रमुखहरुले सञ्चारकर्मीमाथि असन्तुष्टि पोखेका छन् बुधबार झापाको बिर्तामोडमा आयोजितपत्रकारिता क्षेत्रको सवलीकरणमा स्थानीय तहको भूमिका बिषयक अन्तरसंवाद कार्यक्रममा सहभागी स्थानीय तहका प्रमुख उपप्रमुखहरुले सञ्चारकर्मीको भूमिका माथि प्रश्न उठाएका हुन्

कार्यक्रमका अधिकांश वक्ताहरुले पत्रकारहरुले निष्पक्ष पत्रकारीता गर्नुपर्नेमा जोड दिएका छन् पत्रकारहरुले पालिकाले गरेका राम्रा कामलाई समेत ओझेलमा पार्ने गरी साना त्रुटीहरुलाई तिलको पहाड बनाउने गरेको भन्दै उनीहरुले गुनासो गरे

बिर्तामोड नगरपालिकाका कार्यवाहक नगर प्रमुख नगेन्द्रप्रसाद संग्रौलाले बिर्तामोड नगरपालिकाले कार्यविधी बनाएर स्थानीय सञ्चारमाध्यमको सम्बद्र्धनमा काम गरिरहेको बताए पालिकाले सञ्चारक्षेत्रका लागि ५० लाख बजेट बिनियोजन गरी काम गरिरहेको जानकारी दिए सञ्चारकर्मीहरुले पालिकाहरुले गरेका राम्रा कामलाई समेत प्राथमिकता दिनु पर्ने कुनै त्रुटी भए त्यसलाई समेत औँल्याइदिन उनले आग्रह गरे

कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले पत्रकारको हक हितका लागि छाता संस्थाको रुपमा रहेको नेपाल पत्रकार महासंघले के गरिरहेको ? भन्दै प्रश्न गरिन् समाचार भ्युजका लागि हैन बिषयवस्तुमा आधारित हुनु पर्नेमा जोड दिइन् संविधानमा नै व्यवस्था नभएको राजतन्त्रको बिषयमा सडकमा मानिस आइरहँदा सञ्चारकर्मीहरुको भूमिका के हुन्छ? भन्दै उनले प्रश्न गरिन् त्यस्ता संविधान विरोधी गतिविधीको पत्रकारले डटेर खण्डन गर्नुपर्नेमा उनले जोड दिइन् पत्रकारहरुको संरक्षण सवलीकरणमा पालिकाले आवश्यक समन्वय गर्ने प्रतिबद्धता जनाइन्

बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईले सञ्चारमाध्यममा नकारात्मक कुराले बढी स्थान पाउने गरेको भन्दै गुनासो गरे बुद्धशान्ति गाउँपालिकामा खोला हात्तीको बढी समस्या भएपनि त्यस तर्फ कसैले कलम नचलाउने तर जनप्रतिनिधीहरुको राजनीतिक भविष्य नै समाप्त गर्ने गरी पत्रकारले समाचार सम्प्रेषण गर्ने गरेको गुनासो गरे पालिकाले गरेका राम्रा कामलाई स्वाहा पार्ने गरी समाचार बनाउनुको साटो सत्यतथ्य सम्प्रेषण गर्न आग्रह गरे कुनै बिषयमा समाचार सम्प्रेषण गर्दा पालिकासँग समन्वय गरिदिन उनले आग्रहसमेत गरे

त्यस्तै कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले स्थानीय जनप्रतिनिधीहरुलाई छोटे राजाको उपमा दिएर सञ्चारकर्मीहरुले होच्याउने गरेको भन्दै रोष प्रकट गरे स्थानीय सरकारले थुप्रै राम्रा काम गरेपनि नकारात्मक काममात्र बाहिर आउने गरेको भन्दै पत्रकार आचारसंहितालाई कडाइका साथ लागू गराउन नेपाल पत्रकार महासंघलाई उनले आग्रह गरे

दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराईले सञ्चारकर्मीहरु राजनीतिक दलको प्रवक्ता नबन्न आग्रह गरिन् समाचारमा सत्यतथ्य बुझेर सकारात्मक नकारात्मक दुवै आउनु पर्नेमा उनले जोड दिइन्

सरकारप्रति जनताको नैराष्यता बढाउने कुरामा सञ्चारकर्मीहरुको पनि भूमिका रहेको भन्दै उनले दुखेसो पोखिन्

कनकाईका नगर प्रमुख राजेन्द्र पोखरेलले जनप्रतिनिधीहरुलाई केहि सञ्चारकर्मीले एकोहोरो खेदो गर्ने तर आफ्नो आलोचना सम्प्रेषण गर्न सक्नुहुन्छ? भन्दै प्रश्न गरे

शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ थोप्राले राष्ट्रियतालाई कमजोर बनाउने समाचार लेख्न नहुनेमा जोड दिए जुनसुकै दलको राष्ट्रप्रमुख भएपनि नकारात्मक समाचारहरु बाहिर आउँदा त्यसले राष्ट्रियता कमजोर बनाउनुका साथै स्वाधिनतामा समेत खलल पुग्ने बिचार व्यक्त गरे

भद्रपुर नगर प्रमुख गणेश पोखरेलले विचार विहिन पत्रकारिता गर्नुपर्ने औँल्याए आफ्नो विचार मिल्ने जनप्रतिनिधीलाई देवत्वकरण गर्ने विचार नमिल्नेलाई खुइल्याउने काम भइरहेको भन्दै असन्तुष्टि पोखे उनले निष्पक्ष पत्रकारिता गर्नुपर्नेमा जोड दिए भद्रपुरले सञ्चारमा २० लाख रुपैँया बजेट बिनियोजन गरिएको प्रेस क्लबसँग समन्वय गरि काम गरिरहेको बताए

हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देनले विचारविहिन पत्रकारिता भएमात्र निष्पक्ष हुनसक्नेमा जोड दिए पालिकाले यस बर्षबाट उत्कृष्ट विकास पत्रकारिता पुरस्कार शुरुवात गर्न लागिएको जानकारी दिए

झापा गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अञ्जुदेवी थपलियाले पत्रकारले राम्रो कुराको खोजी गर्नुपर्ने बताइन् सञ्चारमाध्यमले उपाध्यक्ष÷उपप्रमुखलाई महत्व नदिने गरेको उनको गुनासो थियो जनप्रतिनिधीको पनि कमजोरी भए सच्चिने पत्रकारहरुले पनि सच्चिनुपर्ने उनको भनाई थियो

उनले पालिकाको बजेट विकासमा बढी खर्च गर्नुपर्ने भएकाले सञ्चार क्षेत्रलाई धेरै दिन नपुग्ने बताइन् उनले सानो बिषयमा खुइल्याउने भन्दै पत्रकारमाथि विश्वास नभएको उनले बताइन्

अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीले घरैपिच्छे सामाजिक सञ्जाल चलाउने पत्रकार भएको घर झगडा गराउने गरेको भन्दै गुनासो गरिन्

गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीले पालिकाले सञ्चारमा ४० लाख बजेट बिनियोजन गरिएको जानकारी दिए पालिकाले प्रकाशन गर्ने सूचना राष्ट्रिय सञ्चारमाध्यमलाई नै दिनुपर्ने भन्ने ऐन भएकाले चाहेरपनि स्थानीयमा दिन नसकिएको गुनासो गरे उनले महासंघले यस्ता बाध्यकारी ऐन संसोधनका लागि पहल गरिदिन आग्रहसमेत गरे

नेपाल पत्रकार महासंघ झापाका पूर्वअध्यक्ष माधव विद्रोहीले जनपप्रतिनिधीहरुले दिएको सुझाव मननयोग्य भएको भन्दै त्यस तर्फ महासंघले पहल गर्ने बताए उनले सामाजिक सञ्जाल प्रयोगकर्ता आमसञ्चारमाध्यममा काम गर्ने पत्रकारहरुको बिचमा जनप्रतिनिधीले फरक छुट्याउनुपर्ने बताउँदै मुलधारको सञ्चारमाध्यममा तल्लोस्तरका समाचार प्रकाशन नहुने धारणा राखे

कार्यक्रममा झापाको मेचीनगर गौरीगञ्जबाहेक अन्य पालिकाका प्रमुख तथा उपप्रमुख केहि पालिकाका प्रमुख प्रशासकीय अधिकृतको सहभागिता रहेको थियो सञ्चार नीति निर्माण गरि स्थानीय पत्रकारिता क्षेत्रको सवलीकरणमा हस्ताक्षर गरी उनीहरुले सामूहिक प्रतिबद्धता जनाएका छन्  

नेपाल पत्रकार महासंघ कोशी प्रदेशको आयोजना तथा झापा शाखाको समन्वयमा भएको कार्यक्रमलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आर्थिक सहयोग गरेको हो

पत्रकार महासंघ कोशीका अध्यक्ष भरत खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा झापा शाखाका अध्यक्ष एकराज गिरीले कार्यपत्र प्रस्तुत गरेका थिए उनले झापाको सञ्चारमाध्यमको बिषयमा जानकारी गराउनुका साथै जनप्रतिनिधीहरुको सुझाव अपेक्षा मागेका थिए कार्यक्रम पत्रकार महासंघ कोशीकी महासचिव हिमा चेम्जोङले सञ्चालन गरेकी थिइन्

 

 

 

सम्बन्धित समाचार