२०८३ बैशाख १९ गते , शनिबार
घरमा पानी हाल्ने क्रममा लडेर मृत्यु
बिर्तामोड । झापाको अर्जुनधारा निर्माणाधीन घरमा पानी हाल्ने क्रममा लडेर एक जनाको मृत्यु भएको छ ।
अर्जुनधारा नगरपालिका वडा नम्बर ४ बस्ने रनबहादुर बस्नेत आफ्नो नव निर्मित घरमा पानी लगाउने क्रममा आज बिहान ८ बजे लडेर सख्त घाइते भएका थिए ।
उनलाई उपचारको लागि बिएण्डसी अस्पताल लगिएकोमा डाक्टरले उनलाई मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए।