२०८३ बैशाख १९ गते , शनिबार

प्रहरी महानिरीक्षकमा दीपक थापालाई नियुक्त गर्ने सरकारको निर्णय

sajilo news
परिवेश मिडिया
२०८१ चैत्र ४ गते , सोमबार
प्रहरी महानिरीक्षकमा दीपक थापालाई नियुक्त गर्ने सरकारको निर्णय

बिर्तामोड । सरकारले प्रहरी महानिरीक्षक (आईजी)मा एआईजी दिपक थापालाई नियुक्त गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई आईजी बनाउने निर्णय गरेको हो ।
सुदीप गिरी र टेकबहादुर तामाङलाई पछि पार्दै थापाले आईजीको दौडमा बाजी मारेका हुन् ।
यो निर्णयसँगै थापाले करिब ८० हजार फौजको कमान्ड गर्नेछन् । देशको समग्र शान्ति सुरक्षा र अपराध अनुसन्धानको मुख्य जिम्मेवारी उनको काँधमा आइपुगेको छ ।
प्रहरीको ३१औं आईजी बनेका थापा ८ मंसिर २०२८ सालमा भक्तपुरमा जन्मिएका हुन् । थापा प्रहरी निरीक्षक  (इन्सपेक्टर) पदबाट २०५२ सालमा नेपाल प्रहरीमा प्रवेश गरेका हुन् । 

सम्बन्धित समाचार