२०८३ बैशाख १९ गते , शनिबार

ऊर्जामन्त्री खड्काले बनाएको कार्यदललाई काम अघि नबढाउन सर्वोच्चको आदेश

sajilo news
परिवेश मिडिया
२०८१ चैत्र ३ गते , आईतबार
ऊर्जामन्त्री खड्काले बनाएको कार्यदललाई काम अघि नबढाउन सर्वोच्चको आदेश

झापा डेडिकेटेड फिडर तथा ट्रंकलानइको नेपाल विद्युत् प्राधिकरणले काटेको बिल अध्ययन गर्न सरकारले गत मंसिर गते बनाएको कार्यदललाई काम अघि नबढाउन सर्वोच्च अदालतले आदेश दिएको

ऊर्जामन्त्री दीपक खड्काले अबैध रुपमा मिश्र नेतृत्वमा कानुनविपरित कार्यदल बनाएको भन्दै अधिवक्ता खडानन्द कँडेलले दायर गरेको रिटमा सर्वोच्चका न्यायाधीशहरू सारङ्गा सुवेदी टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले आइतबार अन्तरिम आदेश जारी गरेको हो

प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई हटाउने अभियानमा रहेका ऊर्जामन्त्री खड्काले राष्ट्रिय योजना आयोगका पूर्वसदस्य प्रा.डा. मिश्रको संयोजकत्वमा समिति बनाएर उद्योगहरुको अर्बौको विद्युत बक्यौता उठाउन रोक लगाएका थिए समितिमा चार्टर्ड एकान्टेन्ट सुजनकुमार काफ्ले श्रीरामराज पाण्डे सदस्य थिए

सर्वोच्चबाटै फैसला भई निर्णय अन्तिम भएको विषयमा मन्त्रीले प्रशासनिक निर्णयबाट गठन गरेको समिति गैरकानुनी भन्दै कँडेललगायतले रिट दायर गरेका थिए विद्युत् नियमन आयोगको काम कर्तव्य रहेको बिल जाँचबुझमा मन्त्रीले आफूखुसी समिति गठन गरेपछि सरकारको आलोचना हुँदै आएको थियो

मन्त्री खड्काले समितिलाई डेडिकेटेड ट्रंक लाइनको सुविधा लिएर महसुल नतिरेका उद्योगलाई प्राधिकरणले काटेको बिल भेरिफाई गर्ने जिम्मेवारी दिएका थिए कार्यदलले प्राधिकरणले काटेको बिल टाइम्स अफ डे (टीओडी) मिटरअनुसार भएनभएको गणना गरेको मिलेनमिलेको जाँच गर्ने अधिकार पाएको थियो समितिले बिल सच्याउन सिफारिस गर्ने कार्यादेश पनि पाएको थियो

सर्वोच्चले खड्काद्वारा गठित समितिविरुद्ध अन्तरिम आदेश जारी गरेसँगै कानुनी रुपमै काम गर्ने बाटो बन्द भएको समितिले विद्युत प्राधिकरणलाई पत्र पठाएर डेडिकेटेड ट्रंक लाइनको सुविधा लिएर महसुल नतिरेका उद्योगलाई प्राधिकरणले काटेको बिलहरू उपलब्ध गराउन भनेको थियो भने कार्यकारी निर्देशन कुलमान घिसिङले समिति अबैध रहेको बताउँदै आएका थिए

समिति बनाएपछि ऊर्जामन्त्री खड्काले संयोजक सदस्यहरूको भत्तासहितका सुविधा प्राधिकरणबाटै दिन निर्देशन दिएका थिए प्रबन्ध निर्देशक घिसिङले कानुनले नचिन्ने समितिलाई सुविधा दिन नसक्ने बताएपछि सरकारले घिसिङलाई पटक स्पष्टिकरण सोधिसकेको

यसअघि कात्तिक २५ गते मन्त्रिपरिषद्को बैठकले लाल आयोगको प्रतिवेदन कार्यान्वयन गर्दै टीओडी मिटरका आधारमा १५ दिनभित्र बक्यौता उठाउने निर्णय गरेको थियो त्यसपछि प्राधिकरण सञ्चालक समितिको बैठकले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्ने निर्णय गरेको थियो तर, त्यसपछि मन्त्री खड्काले समिति बनाएर प्राधिकरणको काममा रोक लगाएका थिए

सम्बन्धित समाचार