२०८३ बैशाख १९ गते , शनिबार

‘नो केबलकार’ समूहद्वारा अर्को वार्ता टोली गठन

sajilo news
परिवेश मिडिया
२०८१ चैत्र ३ गते , आईतबार
‘नो केबलकार’ समूहद्वारा अर्को वार्ता टोली गठन

झापा नो केबलकार समूहले सरकारसँग वार्ताको लागि फेरि वार्ता टोली बनाएको

मुक्कुमलुङ तासेः चुम्भो मुक्कुमलुङ संरक्षण अन्तरदलीय संघर्ष समिति ले सरस्वता सिंगकको नेतृत्वमा १० सदस्यीय वार्ता टोली गठन गरेको हो । समितिका सदस्यहरुमा कुमार लिम्बू, सूर्य विक्रम चेम्जोङ, धनराज हुक्पा चोङबाङ (फेदापे), दिपक याक्खा, लबन न्यौपाने, सन्तोष मेहता, पदम जबेगु, आलोक माबोहाङ अर्जुन जुम्नेली रहेका छन्

अन्तरदलीय संघर्ष समितिमा १३ वटा पहिचानवादी संस्था ११ वटा दल आवद्ध छन् सरकारद्वारा गठित वार्ता टोली ले दिन अघि पनि वार्ताका लागि आह्वान गरेको थियो

जसमा राष्ट्रिय मुक्ति पार्टीका राजेन्द्र महतोदेखि, पहिचानवादी मोर्चाका संयोजक महेन्द्र लावतीसम्म छन्

ताप्लेजुङको पाथीभरा क्षेत्रका केबलकार बनाउन नहुने माग राख्दै उनीहरुले आन्दोलन गर्दै आएका छन् काफ्लेपाटीदेखि पाथीभरा मन्दिर क्षेत्रसम्म जाने केबलकार निर्माणका लागि आइएमइ समूहका चन्द्र ढकालले निर्माण कार्य शुरु गरेसँगै आन्दोलन चर्किएको थियो

सम्बन्धित समाचार