२०८३ बैशाख १९ गते , शनिबार
जिप्रका झापाद्वारा ७१ जना फरार अभियुक्त पक्राउ
बिर्तामोड । जिल्ला प्रहरी कार्यालय झापाले ७१ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । उनीहरुलाई प्रहरीले फागुन महिनामा पक्राउ गरेको हो ।
विभिन्न मितिमा अदालतबाट दोषी ठहर भई फरार भएका अभियुुुक्तहरुलाई पक्राउ गर्ने अभियान अन्तर्गत फागुनमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
पक्राउ परेकाहरुबाट ३२ बर्ष ११ महिना २१ दिन कैद र ३३ लाख १५ हजार ७०७ रुपैँया जरिवाना असुल भएको प्रहरीले जनाएको छ । अन्य फरार अभियुक्तहरुको खोजतलास जारी रहेको उनले बताए ।