२०८३ बैशाख १९ गते , शनिबार

पिकअपको ठक्करबाट घाइते बालकको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८१ चैत्र ३ गते , आईतबार
पिकअपको ठक्करबाट घाइते बालकको मृत्यु

बिर्तामोड । पिकपको ठक्करबाट घाइते भएका एक बालकको मृत्यु भएको छ । चैत्र १ गते साँझ ५ बजे दुधेबाट शिवगंजतर्फ जाँदै गरेको पिकअपको ठक्करबाट घाइते भएका शिवसताक्षी-९ का १२ वर्षीय आदर्श खनालको उपचारको क्रममा मृत्यु भएको हो ।
प्र १-०१-००१च ८९५० नम्बरको पिकअपले सोहि दिशातर्फ साइकलमा जाँदै गरेको फडिन्द्र खनालको छोरा आदर्शलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए ।
उनको उपचारको क्रममा बिएण्डसी अस्पतालमा आईतबार दिउँसो २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डिएसपी खगेन्द्र खड्काले जानकारी दिए ।
गाडी चालक जिल्ला झापा शिवसताक्षी- ११ बस्ने बर्ष २७ को सागर भन्ने सिटु पौदारलाई नियन्त्रणमा लिइ अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार