एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु
झापा । मोरङको बूढीगंगामा शनिबार राति एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बूढीगंगा गाउँपालिका–३ स्थित महालक्ष्मी वायरअगाडि राति १०ः४५ बजे को १ च ४७७४ नम्बरको एम्बुलेन्स दुर्घटनामा परेको ट्राफिक प्रहरीले जनाएको छ ।
मनमाया श्रेष्ठ स्मृति प्रतिष्ठानको एम्बुलेन्स दुर्घटना हुँदा चालक बूढीगंगा–२ मा बस्दै आएका २४ वर्षीय आशिष राईको मृत्यु भएको मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर राजन लम्सालले जानकारी दिए । ।
दुर्घटनामा परी गम्भीर घाइते अवस्थाका चालक राईलाई उद्धार गरेर उपचारका लागि विराट शिक्षण अस्पताल पु¥याउनसाथ राति ११ः०५ बजेतिर चिकित्सकले मृत घोषित गरेका थिए ।
तीव्र गतिमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको एम्बुलेन्स आफैं अनियन्त्रित भइ ‘डीभाईडर’मा ठोक्किएर दुर्घटनामा परेको हुनसक्ने उनले बताए । एम्बुलेन्समा चालक मात्रै रहेको लम्सालले बताए ।
दुर्घटनामा परेर क्षतिग्रस्त भएको एम्बुलेन्स इलाका प्रहरी कार्यालय नेमुवाको नियन्त्रणमा छ ।