२०८३ बैशाख १९ गते , शनिबार
शुक्रबार झापामा ४२७ वटा सवारी साधन र ७ जना मानिस प्रहरी नियन्त्रणमा
बिर्तामोड । झापामा शुक्रबार प्रहरीले ४२७ वटा सवारी साधन नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार होलीको दिन ट्राफिक नियम उल्लङ्घन गर्ने ३७२ वटा मोटरसाइकल ४० वटा ३ पाङ्ग्रे सवारी साधन र १५ वटा चार पाङ्ग्रे सवारी साधनलाई नियन्त्रणमा लिईएको हो ।
बिना हेल्मेट, एउटै बाइकमा दुईजना भन्दा बढी सवार र मादक पदार्थ सेवन गरी सवारी चलाउनेलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलले जानकारी दिए । पौडेलका अनुसार नियन्त्रणमा लिइएका सवारी साधन आवश्यक जरिवाना गरी साढे ६ बजेपछि धनीको जिम्मा लगाइएको छ ।
यता उच्छृङ्खल गतिविधिमा संलग्न सात जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
शुक्रबार झापामा कुनै पनि अप्रिय घटना नभएको प्रहरीले जनाएको छ ।