२०८३ बैशाख १९ गते , शनिबार

आज तराईका जिल्लाहरुमा होली मनाइँदै

sajilo news
परिवेश मिडिया
२०८१ चैत्र १ गते , शुक्रबार
आज तराईका जिल्लाहरुमा होली मनाइँदै

बिर्तामोड रङहरूको पर्व होली आज तराई तथा मधेसका जिल्लामा हर्षोल्लासपूर्वक मनाइँदै हिमाली एवम् पहाडी जिल्लामा होली (फागु पूर्णिमा) मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार आज यस क्षेत्रमा होली मनाउन लागिएको हो

आज झापामोरङ, सुनसरी, सप्तरी, सिराहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रूपन्देही, नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्तापश्चिम), चितवन, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायत जिल्लामा होली मनाइँदै

सबैलाई एउटै रङमा रङ्ग्याउने होली पर्व समानता सद्भावको प्रेरणा स्रोत रहिआएको पण्डित बुद्धिसागर भण्डारीले बताए असत्यमाथि सत्यको, छलमाथि निश्छलताको अधर्ममाथि धर्मको विजयको प्रतीक होलीले अनेकतामा एकता कायम गर्दै आएको ,’ उनले भने, ‘धार्मिक महत्वसँगसँगै सामाजिक सद्भाव उमङ्ग प्रदान गर्न होलीको विशेष भूमिका रहेको

प्राचीनकालमा वसन्तोत्सवका रूपमा स्थापित यो पर्व कालान्तरमा प्रह्लाद, कृष्ण, होलिका, ढुण्ढा आदिका माध्यमले फागु, फगुवा, होली, होरी आदि नाउँबाट मनाउन थालिएको भण्डारीले बताए रसरङ्ग, नाचगान, खानपिन, मनोरञ्जन आफ्नो रङमा अरूलाई रङ्ग्याउने, ढोल, डम्फु, मृदङ्ग बजाउँदै भेदभाव, मनोमालिन्य त्याग्दै भ्रातृत्व भावना बढाउने यस पर्वको आफ्नै गरिमा

सम्बन्धित समाचार