साइकललाई ठक्कर दिने मोटरसाइकल चालकको मृत्यु
बिर्तामोड । झापाको कनकाई नगरपालिका वडा नम्बर २ स्थित जामुनबाडी जाने बाटोमा भएको सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परि स्थानीय ३३ बर्षीय सबिन तामाङको मृत्यु भएको हो ।
बुधबार साँझ अन्दाजी ७ बजे जामुनबारीबाट सुरुङगातर्फ जादैं गरेको साईकललाई सोही दिशा तर्फ जादैं गरेको प्र.१–०१–०१३प ८०९१ नम्बरको मोटरसाईकलले पछाडीबाट ठक्कर दिई दुर्घटना हुँदा साईकल यात्री स्थानीय १९ बर्षीय सलिन कार्की र मोटरसाइकल चालक ३३ बर्षीय तामाङ घाइते भएका थिए ।
घाइते दुवैलाई कनकाई नगर अस्पतालमा तत्काल उपचार पश्चात थप उपचारका लागि बिएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा बिहीबार दिउँसो १:२५ बजे तामाङको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
साइकल यात्री कार्कीको अवस्था सामान्य रहेको जिप्रका झापाका सुचना अधिकारी डीएसपी खगेन्द्र खड्काले जानकारी दिए ।