२०८३ बैशाख १९ गते , शनिबार

निर्माण व्यवसायी हिमाल सिटौला पक्राउ

sajilo news
परिवेश मिडिया
२०८१ फाल्गुन २८ गते , बुधबार
निर्माण व्यवसायी हिमाल सिटौला पक्राउ

बिर्तामोड झापाका पुराना निर्माण व्यवसायी हिमाल सिटौला पक्राउ परेका छन् चेक अनादर मुद्धामा सिटौलालाई प्रहरीले मंगलबार पक्राउ गरेको हो

बिर्तामोड निवासी सिटौलालाई प्रहरीले मंगलबार नै अदालतबाट पाँच दिनको म्याद लिएको सिटौला बिरामी रहेका कारण ओमसाई पाथिभरा अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको

राज्यले समयमा निर्माण व्यवसायीलाई भुक्तानी नदिँदा अन्य व्यवसायीको रकम भुक्तानीमा समस्या भइरहेको एक निर्माण व्यवसायीले बताए राज्यले काम गरेको पैसा समयमा दिँदैन, अनि ठेकेदारहरु यसरी जेल जानु पर्ने अवस्था आयो, यसरी कसरी काम गर्न सकिन्छ ?उनले प्रश्न गरे

सिटौलाले काम गरे बापत राज्यबाट १ करोड बढी भुक्तानी लिन बाँकी रहेको बुझिएको छ । 

सम्बन्धित समाचार