२०८३ बैशाख १९ गते , शनिबार
मानवसेवा आश्रममा आश्रित व्यक्तिको मृत्यु
बिर्तामोड । झापाको मेचीनगरस्थित मानवसेवा आश्रममा आश्रित एक व्यक्तिको मृत्यु भएको छ । उनको आज दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ।
नाम थर वत नखुलेका ६६/६७ वर्षीय ती व्यक्तिलाई २०८० असोज २८ गते मानवसेवा आश्रमका कर्मचारी खगेन्द्र बिकले निन्दा खोलाबाट बेवारिसे अवस्थामा उद्धार गरेका थिए । उनको आज दिउँसो सुतिरहेको अवस्थामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक खगेन्द्र बहादुर खड्काले जानकारी दिए।