२०८३ बैशाख १९ गते , शनिबार

आगलागीमा परि घाईते भएका राईको उपचारको क्रममा मृत्यु

sajilo news
परिवेश मिडिया
२०८१ फाल्गुन २५ गते , आईतबार
आगलागीमा परि घाईते भएका राईको उपचारको क्रममा मृत्यु

बिर्तामोड । गत फागुन ९ गते साँझ करिब ८ बजे आगलागीमा परी घाइते भएका झापा मेचीनगर नगरपालिका वडा न. ४ आमडाँगी बस्ने बर्ष ५१ को बिरेन्द्रराज राईको मृत्यु भएको छ । उनको आज बिहान ३:३० बजे उपचारको क्रममा मृत्यु भएको हो ।
घरको पुजा कोठामा अचानक विद्युत सर्ट भई कोठा भित्र आगलागी भएको र उक्त आगो निभाउने क्रममा राईको दुवै हात, खुट्टा र अनुहारमा आगोले पोल्दा उनी सख्त घाइते भएका थिए ।
बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा सामान्य उपचार पश्चात आफन्तले थप उपचारको लागि बिराटनगर तर्फ लगेकोमा २२ गते साँझ ७ बजे बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गरी पुन: बिराटनगर लगेकोमा आज ३:३० उपचारको क्रममा बिराटनगरस्थित बिराट नर्सिङ होममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिए । 

सम्बन्धित समाचार