२०८३ बैशाख १९ गते , शनिबार

विद्यार्थीलाई मादक पदार्थ बिक्री गर्ने बिर्तामोडका बस्नेत पक्राउ

sajilo news
परिवेश मिडिया
२०८१ फाल्गुन २३ गते , शुक्रबार
विद्यार्थीलाई मादक पदार्थ बिक्री गर्ने बिर्तामोडका बस्नेत पक्राउ

बिर्तामोड । झापाको बिर्तामोडमा विद्यार्थीलाई मादक पदार्थ बिक्री गर्ने होटल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
बिहीबार बिर्तामोड-३ बिर्ताबजारस्थित महेन्द्ररत्न माविको कक्षा ९ मा अध्ययनरत एक विद्यार्थी विद्यालय पोशाक मै मादक पदार्थ सेवन गरी विद्यालय गए पछि मादक पदार्थ विक्री गर्ने बिर्तामोड-३ का ४६ वर्षीय कुमार बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका बस्नेतलाई प्रहरीले शुक्रबार अभद्र कसुरमा अदालतबाट ५ दिनको म्याद लिइ अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिए । 

सम्बन्धित समाचार