२०८३ बैशाख १९ गते , शनिबार

हृदयघात भएका पूर्व युवराज पारसको अवस्था सुधारोन्मुख

sajilo news
परिवेश मिडिया
२०८१ फाल्गुन १९ गते , सोमबार
हृदयघात भएका पूर्व युवराज पारसको अवस्था सुधारोन्मुख

झापा । पूर्वयुवराज पारस शाहको राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालको आइसीयुमा राखेर उपचार भइरहेको छ । आइतबार राति हृदयाघात भएपछि उनलाई अस्पताल लगिएको थियो। उनको मुटुमा स्टेन राखिएको छ । 
पारस शाहलाई हृदयाघात भएको यो चौथो पटक हो ।
नर्भिक अस्पतालका प्रवक्ता अजय मिश्राले यादव भट्टको टोलीले साहको उपचार गरिरहेको बताए । उनले भने, 'डाक्टर यादव भट्टको टिमले उपचार गरिएको छ । उहाँको आईसीयूमै भए पनि स्वास्थ्य स्थिति सुधार भइरहेको छ।' उनले पारसले स्वास्थ्य लाभ गरिरहेकाले आत्तिनुपर्ने अवस्था नरहेको समेत स्पष्ट पारे ।
आजै पूर्वराजाका आफन्तहरू अस्पताल पुगेर पारसको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको बताइएको छ ।
यसैबिच अस्पतालले पारसको स्वास्थ्य स्थितिबारे परिवारले लो प्रोफाइलमा बस्न चाहेकाले विज्ञप्तिमार्फत औपचारिक जानकारी नदिएको बताएको छ ।
अस्पतालले पारसको एक-दुई दिनमा डिस्चार्ज हुनसक्ने समेत बताएको छ ।

सम्बन्धित समाचार