२०८३ बैशाख १९ गते , शनिबार

उवा संघको राहत कोषमा धमलाले दिए सहयोग

sajilo news
परिवेश मिडिया
२०८१ फाल्गुन १७ गते , शनिबार
उवा संघको राहत कोषमा धमलाले दिए सहयोग

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘व्यवसायी सदस्य राहत कोष’मा रकम जुट्ने क्रम जारी छ । व्यवसायीको हितका लागि एक करोड रुपैयाँको अक्षयकोष स्थापना गरेको संघको कोषमा सुवास ज्वेलर्सका सञ्चालक सुवास धमलाले २१ हजार रुपैयाँ प्रदान गरेका छन् ।
उनले आफ्नो जन्म दिनको अवसर पारेर कोषमा सहयोग रकम प्रदान गरेका हुन् । संघका अध्यक्ष राजु न्यौपाने र कोषका संयोजक राजकुमार घिमिरे ‘राजु’लाई सो रकम धमलाले हस्तान्गरण गरेका थिए ।
बिर्तामोड उद्योग वाणिज्य संघको सभा हलमा आयोजित कार्यक्रमकाबीच कोषमा रकम वृद्धिका लागि सहयोग पुर्याउने धमलालाई कदरपत्रद्वारा प्रदान गरिएको छ । संघका अध्यक्षसहित पदाधिकारी र  सदस्यले धमलाको सुस्वास्थ्य र दीर्घायुको कामना गरेका थिए । कार्यक्रमको सञ्चालन संघका महासचिव कुशल खतिवडाले गरेका थिए । 

सम्बन्धित समाचार