२०८३ बैशाख १९ गते , शनिबार

निरौलाद्वारा लिखित ‘चिहानबाट चिन्तन’ कृतिको लोकार्पण सम्पन्न

sajilo news
परिवेश मिडिया
२०८१ फाल्गुन १७ गते , शनिबार
निरौलाद्वारा लिखित ‘चिहानबाट चिन्तन’ कृतिको लोकार्पण सम्पन्न

बिर्तामोड । अमेरिकामा पुनर्वास भएका भुटानी स्रष्टा सीएम निरौलाद्वारा लिखित कविता संग्रह ‘चिहानबाट चिन्तन’को लोकार्पण गरिएको छ । आज झापाको बुद्धशान्तिस्थित रामजानकी मन्दिरमा आयोजित कार्यक्रमका बीच कृति लोकार्पण गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि रहेका आख्यानकार पुण्यप्रसाद खरेल, भक्त घिमिरे, कवि केशव आचार्य, भुटानी शरणार्थी क्याम्प बेलडाँगीका स्रष्टा दिल भुटानीले लोकार्पित कृतिको प्रसङ्गलाई शिरानी हालेर मातृभूमिबाट जबर्जस्ती बर्बर रुपमा खेदिन बाध्य भुटानी नागरिकको पीडा, उनीहरुको मातृभूमि, भुटानमै पुनर्स्थापना हुनुपर्ने आदि प्रसङ्ग उठाउँदै शुभकामना व्यक्त गरे ।
साहित्यकार लक्ष्मीप्रसाद रिजालले कृतिको समीक्षात्मक टिप्पणी गरेका थिए ।
घरदलान साहित्य, बुद्धशान्तीकाे आयोजनामा सम्पन्न कार्यक्रममा कविहरु गीता सुवेदी नेपाल, तिलक राई, दुर्गाप्रसाद सिग्देल, टीका भट्टराई नेपाल, तुलसी निरौला, तुलसीप्रसाद भट्टराई तथा मोक्ष खतिवडाले कविता वाचन गरेका थिए ।
कृतिकार निरौलाले आफ्नो मन्तव्यसहित आयोजकसहित सहभागी सम्पूर्णलाई धन्यवाद दिएका थिए ।
घरदलान साहित्यका अभियन्ता शिवकुमार पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागीलाई जय भण्डारीले स्वागत गरेका थिए भने पदम निरौलाले सञ्चालन गरेका थिए । 

सम्बन्धित समाचार