२०८३ बैशाख १९ गते , शनिबार

बिर्तामोडमा अर्को पनि बेवारिसे शव फेला

sajilo news
परिवेश मिडिया
२०८१ फाल्गुन १५ गते , विहीबार
बिर्तामोडमा अर्को पनि बेवारिसे शव फेला

बिर्तामोड । झापाको बिर्तामोडमा अर्को पनि बेवारिसे शव फेला परेको छ । बिर्तामोड-५ माता मन्दिर रोडको मुखमा एभरेष्ट बैंक भएको घरको उत्तरमा कुहिएको अवस्थामा एक पुरुषको शव फेला परेको हो ।
मागी खादै हिड्ने उक्त व्यक्ति छानो नभएको सो संरचनामा पकाएर खाने र त्यही बस्ने गरेको स्थानीयको भनाई उदृत गर्दै प्रहरीले जनाएको छ । चुल्होमा लडेको सामान्य कपडासमेत जलेको अवस्थामा फेला परेको उक्त शव करिब ४५-५० वर्षको रहेको र पहिचान खुल्न बाँकी रहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख डिएसपी प्रकाश विष्टले जानकारी दिए । करिब १०/१२ दिन अघि नै मृत्यु भएको हुन सक्ने उक्त शव प्रदेशिक कार्यालय भद्रपुर पठाइएको उनले जानकारी दिए ।
आज बिहानमात्रै बिर्तामोड बसपार्क पूर्व पट्टि गिरीबन्धु चिया बगानमा पाँचथर रानीटारका कुमार गुरुङको शव फेला परेको थियो । 

सम्बन्धित समाचार