२०८३ बैशाख १९ गते , शनिबार

बर्जु तालको संरक्षण र विकासका लागि अध्यक्ष प्रचण्डसँग माग

sajilo news
परिवेश मिडिया
२०८१ फाल्गुन १५ गते , विहीबार
बर्जु तालको संरक्षण र विकासका लागि अध्यक्ष प्रचण्डसँग माग

सुनसरी । चिमडी बर्जु ताल सिमसार विकास तथा संरक्षण समिति सुनसरीले बर्जु तालको संरक्षण र विकासका लागि पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेको छ । पूर्वी नेपालकै ठूलो मध्येको एक बर्जु ताललाई भूमाफियाको चङ्गुलबाट जोगाउँदै आवश्यक संरक्षण र विकासका लागि उनीहरुले प्रचण्डलाई आग्रह गरेका हुन् ।
'जनतासँग माओवादी : तराई मधेस जागरण अभियान'को क्रममा तालको अवलोकन गर्ने क्रममा समितिले यस्तो आग्रह गरेको हो ।
कुनै बेला तीन सय बिघामा फैलिएको ताल २०२५ सालको सर्वे नापीपछि १५२ बिघा कायम भएको र तालको जग्गा हत्याउन सकिन्छ कि भनेर भूमाफियाहरु लाग्ने गरेकाले यसको संरक्षण र विकासका लागि ध्यान दिन समितिले आग्रह गरेको छ। भारतको बिहारबाट दश किलोमिटर नजिक रहेको ताललाई पर्यटकीयस्थल बनाउन सके भारतबाट पनि पर्यटक आउन सक्ने र माछा पालनबाट वर्षेनी ६/७ करोडको आयार्जन गर्न सकिने सम्भावना रहेकाले आवश्यक बजेटको लागि पहल गरिदिन समितिले आग्रह गरेको छ ।
ज्ञापनपत्र बुझ्दै अध्यक्ष प्रचण्डले पर्यटन विकास, पर्यावरण संरक्षण र स्थानीय रोजगारी विकास गर्न बर्जु ताल सिमसार विकास तथा संरक्षणका लागि पार्टीले पहल गर्ने बताए ।

सम्बन्धित समाचार