२०८३ बैशाख १९ गते , शनिबार

नेपालीको कर तिर्ने कमजोर बानी छ : शंकर पोखरेल

sajilo news
परिवेश मिडिया
२०८१ फाल्गुन १४ गते , बुधबार
नेपालीको कर तिर्ने कमजोर बानी छ : शंकर पोखरेल

काठमाण्डौ नेकपा एमाले महासचिव शंकर पोखरेलले नेपालीले राज्यलाई कर तिर्ने बानी कमजोर भएको बताएका छन्

नेकपा एमाले उद्योग व्यवसाय विशेष जिल्ला कमिटीको आयोजनामा बुधबार काठमाण्डौमा भएको जिल्लास्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा उनले कर तिर्नेभन्दा नतिर्नेको जमात बढी रहेको बताएका हुन्

राज्यलाई कर तिर्ने बानी नेपालीको अति कमजोर कर तिर्ने भन्दा कर नतिर्नेको जमात बढी , नेपालमा कर तिर्ने संस्कृति नै छैन,’ उनले भने

पुँजी निर्माणबिना राष्ट्रिय पुँजी नबन्ने बताउँदै उनले नेपालीले बचत संस्कृति विकास गर्नुपर्ने बताए नेपालीको बचत संस्कृति अति कमजोर भएको उनको धारणा

महासचिव पोखरेलले विदेशबाट आएको ऋण अनुदान पनि उचित सदुपयोग हुन नसकेको बताए विदेशबाट ऋण ल्याएर देश बनाउँछु भन्ने सोचाइ नै गलत भएको उनको धारणा

फरक प्रसंगमा पोखरेलले राजनीतिक दल भित्र योगदान कम अवसरको खोजी बढ्दै गएको पनि बताए यसले असन्तुष्टि बढ्छ, असन्तुष्टिले अराजकता बढाउँछ, अवसरवाद अराजकता राजनीतिक आन्दोलनका बाधक हुन्, यी दुई कुरालाई परास्त नगरी हामी अघि बढ्न सक्दैनौँ,’ उनले भने

नेपालमा काम जति नपढेका मानिसलाई लगाउने पढेका मानिसहरू ठालु पल्टने संस्कार नै विकास भएको पोखरेलले बताए काम जति नपढेका मान्छेलाई लगाउने, पढेका जति ठालु पल्टने, अन्त कतै यस्तो हुन्छ ?, के कारणले हाम्रो देश बनेन भन्ने कुरा यसैले पुष्टि गर्छ, उनले भने

कुनै पनि देश छिटो विकास हुनको लागि स्वास्थ्य शिक्षामा विकास गर्नुपर्ने महासचिव पोखरेलको धारणा नेपालको शिक्षा स्वास्थ्यको क्षेत्र निक्कै कमजोर रहेकोले नेपालले स्वास्थ्य शिक्षामा जोड दिनु पर्ने पोखरेलले बताए

सम्बन्धित समाचार