२०८३ बैशाख १९ गते , शनिबार

पशुपति मन्दिर परिसरबाट ७५ जना पक्राउ

sajilo news
परिवेश मिडिया
२०८१ फाल्गुन १४ गते , बुधबार
पशुपति मन्दिर परिसरबाट ७५ जना पक्राउ

काठमाण्डौ । पशुपतिनाथ मन्दिर परिसरबाट प्रहरीले ७५ जनालाई पक्राउ गरेको छ । महाशिवरात्रिको अवसरमा पशुपतिनाथ क्षेत्रमा अवाञ्छित गतिविधि गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डौका एसपी अपिलराज बोहराले बताए । 
आरोपीहरुलाई प्रहरी वृत्त गौशाला र जिल्ला प्रहरी परिसर काठमाण्डौमा राखिएको छ । सिक्री लुट्न खोज्ने र गाँजा खाएर होहल्ला गर्नेहरुलाई नियन्त्रणमा लिइएको एसपी बोहराले बताए । उनले भने, ‘हामीले प्रोफाइल हेरेर नियन्त्रणमा लिएका छौँ ।’ 
पक्राउ पर्नेहरु सबै पुरुष हुन् । स्क्रिनिङ गरेर गलत काममा संलग्नहरुलाई मुद्दा चलाइने एसपी बोहराले जानकारी दिए ।  पशुपतिनाथ मन्दिर क्षेत्रमा बोहराको कमाण्डमा ४ हजार २ सय प्रहरी परिचालन गरिएको छ ।

सम्बन्धित समाचार