२०८३ बैशाख १९ गते , शनिबार
ताप्लेजुङमा जारी निषेधाज्ञा हटाउने निर्णय
झापा । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले फुङ्लिङ र काफ्ले पार्टी आसपासका क्षेत्रहरूमा जारी गरेको निषेधाज्ञा हटाएको छ । जिल्ला सुरक्षा समितिको मङ्गलबार बसेको बैठकले राति ११ बजेबाट निषेधाज्ञा हटाउने निर्णय गरेको हो ।
ताप्लेजुङस्थित पाथिभरामा केवलकार निर्माण गर्ने विषयमा विवाद हुँदा 'नो केवलकार समूह' र प्रहरीबिच पटकपटक झडप हुन थालेपछि प्रशासनले ११ गते बिहान ५ बजेबाट लागु हुने गरी निषेधाज्ञा जारी गरेको थियो ।
