२०८३ बैशाख १९ गते , शनिबार
मोटरसाइकल दुर्घटनामा परी राजवंशीको मृत्यु
बिर्तामोड । झापाको गौरीगञ्जमा मङ्गलबार भएको मोटरसाइकल दुर्घटनामा परी एक युवाको निधन भएको छ । दुर्घटनाबाट शिवसताक्षी नगरपालिका वडा नं. ४ बस्ने वर्ष १७ को सुरज राजवंशीको मृत्यु भएको हो ।
मङ्गलबार दिउँसो अन्दाजी १२:५५ बजे गौरीगञ्ज गाउँपालिका वडा नं.१ हुलाकी राजमार्गमा कुञ्जिबारीबाट धानगडा तर्फ जादैं गरेको बा ६५ प ८७८६ नं.को मोटरसाइकल आफै अनियन्त्रित भई सडक किनारको पिल्लरमा ठोक्किँदा मोटरसाइकल चालक राजवंशी गम्भीर घाइते भएका थिए ।
उनलाई उपचारको लागि दमक अस्पताल पठाइएकोमा २:१५ बजे उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।