जन्मोत्सवमा व्यवसायी घिमिरेद्वारा सहयोग प्रदान
बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राज कुमार घिमिरे ‘राजु’ले जन्मदिनमा सहयोग प्रदान गरेका छन् । घिमिरेले बिर्तामोड वाणिज्य संघले स्थापना गरेको ‘व्यवसायी राहत कोष’ र वृद्धाश्रममा सहयोग गरेका हुन् ।
उनले राहत कोषलाई ३१ हजार पाँच सय रुपैयाँ सहयोग गरेका छन् । आफ्नो जन्म दिनको अवसर पारेर संघका वरिष्ठ उपाध्यक्ष समेत रहेका घिमिरेले कोषमा सहयोग गरेका हुन् । श्रीमती मीनादेवी भट्टराई घिमिरेसहित संघको कार्यालयमा आएका घिमिरेले संघका अध्यक्ष राजु न्यौपानेलाई चेक हस्तान्तरण गरेका थिए ।
व्यवसायीलाई समस्या पर्दा तत्काल राहत उपलब्ध गराउने उद्धेश्यले संघले एक करोड रुपैँयाको अक्षयकोष स्थापना गरेको छ । सो कोषमा हालसम्म १० लाख रुपैयाँ माथि रकम संकलन भइरहेको छ ।
त्यस्तै उनले बिर्तामोड–४ मा रहेको परोपकार तथा अनुसन्धान केन्द्रद्वारा सञ्चालित वृद्धाश्रममा रहेका ३९ जना ज्येष्ठ नागरिकलाई भोजन गराएका थिए । त्यहाँ रहेको ज्येष्ठ नागरिकलाई भोजन सहित फलफूल बितरण गरेका थिए ।