२०८३ बैशाख १९ गते , शनिबार

नो केवलकार समूहलाई वार्ताका लागि आह्वान

sajilo news
परिवेश मिडिया
२०८१ फाल्गुन ९ गते , शुक्रबार
नो केवलकार समूहलाई वार्ताका लागि आह्वान

काठमाण्डौ । ताप्लेजुङ जिल्लाको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा रहेकाहरूलाई सरकारी वार्ता टोलीले वार्तामा बोलाएको छ ।  गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराई नेतृत्वको वार्ता टोलीले शुक्रवार विज्ञप्ति जारी गर्दै समस्या समाधान गर्न वार्ता आउन आग्रह गरेको हो । 
‘पाथीभरा क्षेत्रमा केबलकार निर्माणको क्रममा आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायको स्थानीय समस्याको समाधानका लागि आन्दोलनरत पक्षलाई गम्भीर भई वार्ता एवं संवादमा आउनको लागि यो वार्ता समिति सबैमा हार्दिक अपिल गर्दछ’, सहसचिव भट्टराईले भनेका छन् । 
समस्या समाधानका लागि गृह मन्त्रालयले भट्टराईको नेतृत्वमा माघ २० गते वार्ता टोली गठन गरेको थियो ।

सम्बन्धित समाचार