२०८३ बैशाख १९ गते , शनिबार
ओडिसामा मृत्यु भएकी छात्रा लम्सालको शव घर ल्याइयो
झापा । भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा मृत भेटिएकी प्रकृति लम्सालको शव भैरहवास्थित घर ल्याइएको छ । बुधबार साँझ लम्सालको शव भैरहवा ल्याइएको रुपन्देही प्रहरी प्रवक्ता सुरज कार्कीले बताएका छन् ।
लम्सालको शव भारतस्थित नेपाली दूतावासको सहयोगमा स्थानीय प्रशासन, सुरक्षाकर्मी र कलेजसँग समन्वय गरेर घर ल्याइएको बताइएको छ । प्रकृतिको शव भैरहवामा रहेको युनिभर्सल मेडकिल कलेजमा राखिएको छ ।