प्रहरी वरिष्ठ नायव निरीक्षक सोडारीले झापाबासीलाई दिए धन्यवाद
बिर्तामोड । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाबाट सरुवा भएर चितवन जान लागेका प्रहरी वरिष्ठ नायव निरीक्षक अर्जुन प्रसाद सोडारीले झापाबासीलाई धन्यवाद दिएका छन् । झापाको १८ महीने बसाईमा कार्यसम्पादनमा सहयोग गर्ने सम्पूर्ण संघ संस्था तथा सिङ्गो झापाबासीलाई उनले धन्यवाद दिएका हुन् । उनले भने, 'राष्ट्र सेवक प्रहरी भएपछि सरुवा–बढुवा समान्य प्रक्रिया हो । झापामा रहँदा सहयोग गर्नुहुने स्थानीय जनप्रतिनिधी, सञ्चारकर्मी, सर्वसाधारण, सेवाग्राही सबैलाई विशेष धन्यवाद दिन चाहन्छु ।' उनले सधैं झापाको माया सम्झिरहनेसमेत बताए ।
सवारी दुर्घटना न्यूनिकरणका लागि विभिन्न अभियान नै सञ्चालन गरेका प्रहरी वरिष्ठ नायव निरीक्षक सोडारी आजबाट जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन गएका छन् ।
कारवाहीलाई मात्र प्राथमिकता नदिई जनचेतना जगाएर सवारी दुर्घटना न्यूनिकरण गर्न सकिने, बिर्तामोड बजार भित्र विशेष गरी रातको समयमा चर्को आवाज निकालेर ध्वनि प्रदुषण गराई आंतकित गराउने बुलेट प्रकृतिका मोटरसाईकललाई कारवाहीको दायरामा ल्याउन प्रहरी वरिष्ठ नायव निरीक्षक सोडारी सक्रिय रुपमा लागेका थिए । शान्ति मिसन अन्तर्गत दुई बर्ष अफ्रिकी मुलुक सुडानमा समेत पुगेर जिम्मेवारी निर्वाह गरिसकेका सोडारी सरल स्वभावका प्रहरी अधिकृत हुन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन सरुवा भएका सोडारीले झापाबासाईको क्रममा आफुले पूर्वका धेरै विषयलाई अध्ययन गर्न पाएको उल्लेख गरे ।