२०८३ बैशाख १९ गते , शनिबार

जिल्लामा घन्कियो ‘ताप्लेजुङले के भन्छ ? केबुलकार ल्याऊ भन्छ’

sajilo news
परिवेश मिडिया
२०८१ फाल्गुन ६ गते , मंगलबार
जिल्लामा घन्कियो ‘ताप्लेजुङले के भन्छ ? केबुलकार ल्याऊ भन्छ’

फुङ्लिङ ताप्लेजुङ जिल्लावासीले प्रसिद्ध तीर्थस्थल पाथीभरामा सकेसम्म चाँडै केबुलकार निर्माण सक्नुपर्ने माग गरेका छन्

पाथीभरामा निजी क्षेत्रबाट केबुलकार निर्माण गर्न शिलान्यास समेत भइसेकका बेला यो विषयको पक्ष विपक्षमा विवाद जारी यही विवादका कारण विकास निर्माणको काम रोकिँदा त्यसको प्रत्यक्ष असर लगानी रोजगारीमा पर्ने सम्भावना उच्च भएको

यही विवादबीच ताप्लेजुङवासीले पाथीभरामा कुनै पनि हालतमा केबुलकार निर्माण गर्नुपर्ने सकेसम्म चाँडै काम सक्नुपर्ने माग गर्दै नागरिक सद्भाव र्याली निकालेका छन्

जिल्ला सदरमुकाम फुङलिङमा निकालिएको सद्भार्व र्यालीमा ताप्लेजुङवासीले पाथीभरा देवी दर्शन गर्न स्वदेश तथा विदेशबाट आउने हजारौंलाखौं तीर्थयात्रीको सहज आवागमनका लागि केबुलकार निर्माण चाँडै सक्नुपर्ने माग गरेका हुन्

सद्भार्व र्यालीमा सहभागी सयौं जिल्लावासीलेताप्लेजुङले के भन्छ ? केबुलकार ल्याऊ भन्छ, ‘स्थानीयवासी के भन्छन् ? केबलकार ल्याऊ भन्छन् जस्ता नारा लगाउँदै सदरमुकाम परिक्रमा गरे

र्यालीपछि सदरमुकाम फुङलिङमा आयोजित भेलामा जिल्लावासीले केबुलकार निर्माणबाट समग्र जिल्लाको समृद्धिमा थप टेवा पुग्ने भन्दै सकेसम्म चाँडै निर्माण सक्नुपर्ने माग गरे

सद्भाव र्याली आयोजकले पाथीभरा आउने तीर्थयात्रीको सहजताका लागि केबुलकार निर्माणका साथै जिल्लाको विकासमा सबै एकजुट हुनुपर्ने सन्देश दिन नागरिक सद्भाव र्याली निकालिएको हो

ताप्लेजुङ विकासप्रेमी नागरिक समाज को आयोजनामा मंगलबार बिहान ११ बजेदेखि सुरु भएर्को यालीले सदरमुकामका विभिन्न स्थान परिक्रमा गरेको थियो

बृहत नागरिक सद्भार्व याली लेखिएको ब्यानर सहित उक्त सद्भाव र्यालीमा नौमती बाजा च्याब्रुङ लगायत विभिन्न जातजाति समुदायको संस्कृति झल्कने झाँकी पनि प्रदर्शन गरिएको थियो

सम्बन्धित समाचार